coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ला लिगामा क्रिष्टियानो रोनाल्डोको ३ सय गोल पुरा

स्पेन – स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको २ तथा ग्यारेथ बेलको १ गोलको मद्दतमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

रातिको खेलमा २ गोल गरेसँगैै रोनाल्डोले ला लिगामा व्यक्तिगत गोल संख्या ३ सय पुर्याएका छन्।

प्रतियोगिताअन्र्तगत घरेलु मैदान सान्टियागो बेर्नाबेउमा शनिबार राति सम्पन्न खेलमा रियलको जितमा खेलको पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफको ३३ औं मिनेटमा रोनाल्डो र खेलको २४ औं मिनेटमा बेलले गोल गरेका थिए। पराजित टोलीका लागि ६५ औं मिनेटमा पोर्टिल्लोले पेनाल्टीमार्फत १ गोल फर्काएका थिए। खेलको ४७ औं मिनेटमा रेमी दोहोरो पहेलो कार्ड खादै बाहिरिएपछि गेटाफे १० खेलाडीमा सिमित भएको थियो।

जितपछि २७ खेलबाट ५४ अंक बनाएको रियल मड्रिड अंक तालिकाको तेश्रो स्थानमा  छ। पहिलो स्थानको बार्सिलोनाको २६ खेलबाट ६६ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान खेलबाट ६१ अंक छ।

रातिनै सम्पन्न अन्य खेलमा जिरोनाले भिल्लारियल,सेभिल्लाले एथ्लेटिको विल्बाओ र लेगानेसले मालागालाई समान २–० ले पराजित गर्दा डिर्पोटिभो डी ला कोरुना र एइबरले एक÷एक गोलको बराबरी खेलेका छन्।
 

प्रकाशित: २० फाल्गुन २०७४ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App