coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद सचिवालय र पाँच दलको संयुक्त बैठक बस्दै

काठमाडौँ – संघीय संसदमा प्रतिनिधित्व गर्ने पाँच दलहरू र संसद सचिवालयको संयुक्त बैठक केहीबेरमा बस्ने भएको छ। 

संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरू नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र संसद सचिवालयबीच आइतबार बिआइसिसी भवन बानेश्वरमा बैठक बस्न लागेको हो। 

बैठकमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष÷उपाध्यक्ष चयनबारे छलफल हुने संसद सचिवालय श्रोतले जनाएको छ । साथै बैठकमा संसदको कार्यसञ्चालन नियमावली नबनुञ्जेलका लागि अन्तरिम कार्यविधिको मस्यौदाबारे र बैठकको कार्यसूचीबारे जानकारी गराइने छ। 

प्रकाशित: २० फाल्गुन २०७४ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App