coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रिमियर लिग : लिभरपुल र टोटेनह्याम विजयी

इङल्याण्ड – इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्याम विजयी भएका छन्। प्रतियोगिताअन्र्तगत शनिबार राति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई २–० ले हरायो।

लिभरपुलका लागि ४० औं मिनेटमा मोहम्मेद सलाह र ५५ औं मिनेटमा साडियो मानेले गोल गरेका थिए। जितपछि लिभरपुल १ खेल कम खेलेको म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलको २९ खेलबाट ६० र युनाइटेडको २८ खेलबाट ५९ अंक छ।

अर्को खेलमा टोटेनह्यामले हडल्सफिल्डलाई पनि समान २–० ले नै पराजित गरेको छ। टोटेनह्यामको जितमा दुवै गोल खेलको २७ र ५४ औं मिनेटमा सन हिउङ मिनले गरेका थिए। जितपछि २९ खेलबाट ५८ अंक जोडेको टोटेनह्याम लिगको चौंथो स्थानमा यथावत् रहेको छ।

त्यस्तै रातिनै सम्पन्न अन्य खेलमा वाटफोर्डले वेष्टब्रोमलाई १–० र स्वान्सीले वेष्टह्यामलाई ४–१ ले पराजित गर्दा लेष्टर सिटी र वर्नमाउथले १–१ तथा साउथह्याम्पटन र स्टोक सिटीले गोलरहीत बराबरी खेलेका छन्।
 

प्रकाशित: २० फाल्गुन २०७४ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App