फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

आइतबार, २० फागुन २०७४, ११ : २३ नागरिक

चितवन – प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार अन्यलाई सचेत गराई अभिभावकको जिम्मा लगाई छाडिएको छ। 

ढकालका अनुसार उनीहरूलाई फागुन १७ र १८ गते जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। एक अर्काको इच्छा विपरीत जबर्जस्ती रंग, लोला हान्ने, सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, सार्वजनिक शान्ति र अमनचयनमा बाधा पुर्‍याउने र होलीजस्तो पवित्र पर्वलाई अमर्यादित बनाउने जस्ता उच्छृङ्खल गतिविधिमा संलग्न भएको भन्दै पक्राउ गरिएको हो। 

यसैगरी होली पर्व मनाउने क्रममा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, मोटरसाइकलमा दुईजना भन्दा बढी चढ्ने, हेल्मेट नलगाउने तथा अनियन्त्रित गतिमा सवारी चलाउने ४८ वटा मोटरसाइकल नियन्त्रण गरी ट्राफिक नियमअनुसार मोटरसाइकल चालकलाई कारबाही गरिएको उनले जानकारी दिए। अघिल्ला वर्षको तुलनामा यस वर्ष होली मर्यादित र शान्तिपूर्ण भएको प्रहरीले जनाएको छ। 







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad