८ वैशाख २०८१ शनिबार
राजनीति

दिल्लीमा दाहालको अासन्न भारत भ्रमणबारे छलफल हुने

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री निधि। तस्विरः रासस

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गरेका छन्।

नयाँ सरकार गठन भएका सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि भारत प्रस्थान गरेका हुन्।

'नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीले निम्ता गर्नुभएको छ, त्यो शीघ्र भ्रमणको पनि तयारी सम्बन्धमा छलफल हुनेछ'

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री निधिले आफ्नो भ्रमण प्रमुख रुपमा नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको विषयमा केन्द्रित रहने बताए। 

'मेरो भारत भ्रमणको प्रमुख उद्देश्य नेपालका राष्ट्रपतिका तर्फबाट भारतका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निम्ता दिने र नेपाल भ्रमणको शीघ्र मिति तय गर्न आग्रह गर्ने हो, त्यस्तै नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीले निम्ता गर्नुभएको छ, त्यो शीघ्र भ्रमणको पनि तयारी सम्बन्धमा छलफल हुनेछ र नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला नेपाल–भारतका बीचमा हुने छलफलका विषयमा पनि प्रारम्भिक तयारी गर्ने उद्देश्य रहेको छ।' 

दुई देशको सम्बन्धलाई थप सुदृढ तुल्याउन आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले नेपालको राष्ट्रिय हित र सकारात्मक परिवर्तनका पक्षमा भारत सरकार र त्यहाँका जनताको साथ रहने अपेक्षा व्यक्त गरे। 


त्यसैगरी नेपालको संविधानको कार्यान्वयनका क्रममा रहेका चुनौतीलाई सफलतापूर्वक सम्पन्न गर्न यहाँ भइरहेको राजनीतिक घटनाक्रमको चर्चा पनि उनले गर्ने जनाइएको छ। गृहमन्त्री निधिले नया दिल्लीमा रहँदा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, गृहमन्त्रीलगायत त्यहाँका राजनीतिक दल र उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नेछन्।

प्रकाशित: २ भाद्र २०७३ १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App