coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

इङ्ल्यान्डको नाटकीय जित

वेलिङ्टन – स्पिनर मोइन अली र एडल रासिदको  घातक बलिङप्रेरित इङ्ल्यान्डले शनिबार तेस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डमाथि ४ रनको नाटकीय जित हात पारेको छ।

इङ्ल्यान्डले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डलाई जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो । अन्तिम ओभरमा क्रिस ओक्सको पहिलो बल डट खेलेका न्युजिल्यान्डका कप्तान केन विलियम्सनले  दोस्रो बलमा दुई, तेस्रो बलमा छक्का र चौथो बलमा पनि २ रन जोड्दै टोलीलाई जिततर्फ डो¥याएका थिए । तर विलियम्सनले अन्तिम दुई बलमा कुनै रन जोड्न नसक्दा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २३०–८ को योगफल तयार पारेसँगै इङ्ल्यान्डलाई ४ रनको नतिजा सुम्पिएको थियो ।
यस जितसँगै इङ्ल्यान्डले पाँच एकदिवसीय खेलको शृंखलामा २–१ को अग्रता लिएको छ।

न्युजिल्यान्डका विलियम्सनले अविजित १ सय १२ रन जोडे । १ सय ४३ बल खेलेका विलिम्सनले ६ चौका र २ छक्का प्रहार गरे । उनले सातौं विकेटका लागि मिचेल सान्टनरसँग ९६ रनको महत्वपूर्ण साझेदारी गरी टोलीलाई जितनजिक पु¥याए पनि ओक्सले सान्टनरलाई रनआउट गरेपछि खेल इङ्ल्यान्डको पक्षमा ढल्किएको थियो । १ सय ५४ बलको सामना गरेका सान्टनरले ३ चौका प्रहार गरे । त्यस्तै ओपनर कोलिन मुनरोले ४९ रन जोडे । ६२ बल खेलेका मुनरोले ७ चौका प्रहार गरे।

इङ्ल्यान्डका अलीले १० ओभरमा ३६ रन खर्चंदै ३ तथा रासिदले १० ओभरमा ३४ रन खर्चंदै २ र ओक्सले ४० रन खर्चंदै २ विकेट लिए।

‘खेल सधैं सोचेजस्तो हुन्छ भन्ने हुँदैन । आज हामी उत्कृष्ट लयमा थिएनाैं,’ विलियम्सनले भने, ‘जितको निकै नजिक पुगेर पनि नतिजा सुम्पनु दुखद हो । २० ओभरको समाप्तिसम्म हामी ९७–३ को सुविधाजनक स्थितिमा थियौं । तर त्यसपछिका ओभरमा अली र रासिदले कसिलो बलिङ गर्दा हामीले नतिजा आफ्नो पक्षमा ल्याउन सकेनाैं।’

यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३४ रनको सामान्य चुनौती तयार पारेको थियो । इङ्ल्यान्डका कप्तान इयोन मोर्गानले सर्वाधिक ४८ रन जोडे । ७१ बल खेलेका मोर्गानले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै बेन स्टोक्सले ३९ र विकेटकिपर जस बट्लरले २३ रनको योगदान दिए।

न्युजिल्यान्डका एस सोडीले ३, ट्रेन्ट बोल्टले २ र कोलिन डी ग्रान्डहोमले १ विकेट लिए । शृंखलाको चौथो खेल बुधबार हुनेछ ।

 

प्रकाशित: २० फाल्गुन २०७४ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App