लन्डन – क्रिस उडको निर्णायक गोलप्रेरित बर्नलीले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनलाई २–१ ले पराजित गरेको छ ।
२०औं मिनेटमा सेन्क टोउसनले सिमोस मोलेमनको पासमा गरेको गोलमा एभर्टनले अग्रता लिएको थियो।
५६ औं मिनेटमा एस्ले बार्नेसले गोल गर्दा बर्नली खेलमा फर्किएको थियो । बार्नेसले म्याथ्यु लोटनको पासलाई पोस्टको दिशा दिएका थिए । खेल सकिन ८० मिनेट बाँकी हुँदा उडले गोल गर्दै बर्नलीका लागि तीन अंक पक्का गरेका थिए । उडले जोन बर्ग गुडमुन्डसनको पासलाई जाली चुमाएका थिए।
८६आैं मिनेटमा एस्ले विलियम्स रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एभर्टनले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । बर्नलीका बार्नेमाथि खराब फाउल गरेपछि विलियम्स रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए ।
यस जितपछि २९ खेलमा ४० अंक जोडेको बर्नली सातौं स्थानमा छ । समान खेलमा ३४ अंक जोडेको एभर्टन नवौं स्थानमा छ।
प्रकाशित: २० फाल्गुन २०७४ ०४:१४ आइतबार