४ वैशाख २०८१ मंगलबार
खेल

आर्मीको शतप्रतिशत नतिजा निरन्तर

काठमाडौं – त्रिभुवन आर्मी क्लबले प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार भद्रकालीस्थित घरेलु कोर्टमा भएको खेलमा आर्मीले सेन्ट जेभियर कलेजलाई ९२–५९ को स्कोरमा पराजित गरेको हो।

पहिलो क्वार्टर १९–७ को स्कोरले जितेको आर्मीले दोस्रो क्वार्टर २७–११   र तेस्रो क्वार्टर २०–१५ ले जितेको  थियो । चौथो क्वार्टरमा २६–२६ स्कोरको बराबरी गरे पनि जेभियरको प्रतियोगितामा पहिलो जित हात पार्ने लक्ष्यका लागि त्यो स्कोर पर्याप्त बनेन । आर्मीका रविन खत्रीले सर्वाधिक २५ अंक जोडे।

प्रतियोगितामा लगातार छैटौं जितपछि १८ अंक जोडेको आर्मी शीर्ष स्थानमा यथावत् छ । त्यस्तै ४ खेलमा १२ अंक जोडेको कीर्तिपुर दोस्रो स्थानमा छ । ६ खेलमा १२ अंक जोडेको विशाल मिलन केन्द्र तेस्रो स्थानमा छ।

शनिबार सम्पन्न दोस्रो खेलमा विशाल मिलन केन्द्रले गोल्डेनगेट कलेजलाई ८८–८२ को स्कोरमा पराजित गरेको हो ।

पहिलो क्वार्टर २०–२० को बराबरीमा सकिएको खेलको दोस्रो क्वार्टर विशाल  मिलन केन्द्रले २७–२४ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो क्वार्टर भने गोल्डेनगेटले २०–१७ को स्कोरले जित्यो चौथो क्वार्टर विशाल मिलन केन्द्रले २४–१८ ले आफ्नो पक्षमा पा¥यो ।
विशाल मिलन केन्द्रका विकास गुरुङले ३१ अंक जोडे । प्रतियोगिताअन्तर्गत आइतबार हुने खेलमा साउथ साइडर्सले जेभियर कलेजको सामना गर्नेछ।

 

प्रकाशित: २० फाल्गुन २०७४ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App