८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बा९२प४६४ नंको मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। 

काठमाडौँबाट जगातीतर्फ जाँदै गरेको बा९२प ४६४ नंको मोटरसाइकल र बा६१प ४१५ नंको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा श्रेष्ठको मृत्यु भएको र अर्को बा६१प ४१५ नंको मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए। 

प्रकाशित: २० फाल्गुन २०७४ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App