coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशलाई आत्मनिर्भर बनाउने उपायबारे ध्यानाकर्षण

मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउँदै जितपुर–सिमराका मेयर पौडेर र उपमेयर चौधरी । तस्बिर : रितेश त्रिपाठी

वीरगन्ज – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन स्थानीय सरकारको हैसियतमा रहेका स्थानीय तह  जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। वीरगन्ज १३ तेजारथटोलस्थित मुख्यमन्त्री राउतको निवासमा बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलको नेतृत्वमा पुगेको जितपुर–सिमरा उपमहानगरको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

मुख्यमन्त्री राउतलाई जितपुर–सिमरा उपमहानगरपालिकाका पौडेलले विकासलगायतका सवालमा प्रदेश सरकारको अभिभावकत्व र सहयोगका लागि आग्रह गरेका छन् । जितपुर–सिमरा उपमहानगरपालिका र समग्र प्रदेशकै समृद्धिका आधार सम्बन्धमा नगर उपप्रमुख सरस्वती चौधरीसहित पुगेका नगरप्रमुख पौडेलले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । वीरगन्ज १३ तेजारथटोलस्थित मुख्यमन्त्री राउतको निवासमा नगरप्रमुख पौडेलको नेतृत्वमा पुगेको जितपुर–सिमरा उपमहानगरको प्रतिनिधि टोलीले मुख्यमन्त्री राउतलाई सम्मानपछि ज्ञापनपत्र दिएको थियो। 

‘प्रदेश २ ले भौगोलिक तथा जनसांख्यिक महत्त्व बोकेको छ, यो प्रदेशलाई सबल र सुदृढ बनाउन सकिने प्रचुर सम्भावना छन्,’ प्रमुख पौडेलले भने, ‘कृषि, उद्योग व्यवसाय र पर्यटन विकास गरेर यो प्रदेशलाई आत्मनिर्भर र सवल बनाउन सकिन्छ ।’ उनले उपमहानगरपालिका जीतपुर–सिमराको विकास र समृद्धिका विषय प्रस्तुत गर्दै प्रदेश सरकारको सहयोगको अपेक्षासमेत गरे । पौडेलका अनुसार भौतिक पूर्वाधार, मानव विकास र सामाजिक सवालमा जीतपुर–सिमरा उपमहानगरपालिका अवस्थामा कमजोर छ। 

तीन वर्ष अगाडि नगरपालिका र एक वर्षअघि उपमहानगरपालिका घोषणा भएको जीतपुर–सिमरामा उपमहानगरपालिकामा आवश्यक पूर्वाधार अभाव छ । ‘जीतपुर–सिमरा उपमहानगरमा पर्ने दोस्रो अन्तराष्ट्रिय विमानस्थल र सँगै जोडिएको तराई काठमाडौं तराई–मधेस द्रुतमार्गले यस क्षेत्रको विकासमा ठूलो भूमिका गर्ने विश्वास लिइएको छ,’ नगरप्रमुख पौडेलले भने, ‘सिमरामै रहेको विशेष आर्थिक क्षेत्र, वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर, प्रमुख व्यापारिक मार्ग, पर्सा राष्ट्रिय निकुञ्ज, पेट्रोलियम पाइपलाइन प्रदेश २ का महत्वपूर्ण वैभव हुन्।’ उनले राष्ट्रिय गौरव र प्राथमिकताका आयोजना प्रदेशको समृद्धिसँग जोडिएका छन् । 

यी आयोजना पूरा गराउनका लागि केन्द्र सरकारसँगै प्रदेश सरकारको विशेष प्राथमिकता चाहिएको उनले उल्लेख गरे। जीतपुर सिमरामा दोस्रो मातृभाषा भोजपुरी भाषालाई दोस्रो कामकाजको भाषा बनाउने, दुई तहको चक्रपथसहित सबै सडक सञ्जाललाई व्यवस्थित गर्ने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासजस्ता विषयलाई उक्त उपमहानगरपालिकाले प्राथमिकतामा राखेको छ । आफूहरू आमनागरिकको जीवनस्तर रूपान्तरणका योजनामा जोड दिएको पौडेलले बताए।

मुख्यमन्त्री राउतले विकास र आर्थिक समृद्धिका सवालमा प्रदेश सरकारले हरेक सहयोग गर्ने नगरप्रमुख पौडेल सहितको टोलीसँग प्रतिबद्धता जनाए । सो अवरसमा पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हरिनारायण रौनियारलगायतको उपस्थिती रहेको थियो । यसैबीच पौडेल नेतृत्वको उक्त टोलीले वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी र उपपप्रमुख शान्ति कार्कीलगायतसँग पनि भेट गरी आपसी सहकार्यका सम्भावनाका विषयमा छलफल गरेको छ। 

प्रकाशित: २० फाल्गुन २०७४ ०२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App