८ वैशाख २०८१ शनिबार
राजनीति

सिरिया संकट : हिंसा होइन शान्ति र मित्रताले अघि बढ्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमै भएको हुनाले यस विषयमा कुनै भ्रम र विवाद नरहेको बताएका छन्। 

‘गिनीज बुक अफ द वर्ल्ड रेकर्डस्’ का लागि शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित बुद्धवचन ‘धम्मपद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएकोमा आपत्ति जनाउँदै भने– ‘बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौं।’ 

विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै उनले सिरियामा भइरहेको हत्या हिंसाको विरोध गरे। प्रधानमन्त्रीले भने, ‘दुनियाका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरवाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौं, शान्ति र मित्रताले अगाडि बढौं।’ 

प्रकाशित: १९ फाल्गुन २०७४ १६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App