coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तानसेनमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

पाल्पा- तानसेन नगरपालिका–१२ वीरपोखरामा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ। ड्राईभर सहित अन्य पाँच जना घाईते भएका छन्। मृत्युहुनेमा तानपा–१२ लुहुङ्ग बस्ने चित्रबहादुर थापा र अन्दाजी ३५/४० वर्षीय महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दिउँसो सवा पाँच बजे तानसेनबाट लुहुङ्ग जाँदै गरेको लु १ ज १९३८ नम्बरको जीप दुर्घटना भएको हो। जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घाईतेहरुलाई उद्दार गरि अस्पतालतर्फ लगिँदै छ।

 

प्रकाशित: १९ फाल्गुन २०७४ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App