४ वैशाख २०८१ मंगलबार
समाज

दुनै आन्दोलन हिंसात्मक बन्दै

दुनै – ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको बिरोधमा जारी आन्दोलनले हिंसात्मक रुप लिएको छ। 

आन्दोलनको प्रचारप्रसार नगरेको र नगरप्रमुख गणेशबहादुर शाहीसँग मिलेको आरोप लगाउँदै पत्रकार महासंघ डोल्पाका पूर्व अध्यक्ष बिष्णुलाल बुढा, कोषाध्यक्ष टेकबहादुर शाही र सदस्य लेखबहादुर बुढामाथि आक्रमण गरेका हुन्। आक्रमणबाट बुढा घाइते भएका छन्। 

फागुन १६ गतेबाट नगरपालिकाको केन्द्र सारिएको बिरोधमा दुनैमा आन्दोलन जारी छ। 

आक्रमण भएपछि पत्रकार महासंघले आन्दोलनकारीका कुनै समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ साथै जिल्लामा कार्यरत सञ्चारकर्मी असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको छ।

प्रकाशित: १९ फाल्गुन २०७४ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App