coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘प्रदेशलाई आत्मनिर्भर बनाउन कृषी, उद्योग, पर्यटन र भौतिक पुर्वाधार’

वीरगन्ज- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन स्थानीय सरकारको हैसियतमा रहेका स्थानीय तह  जनप्रतिनिधिहरुले भुमिका गर्नु पर्ने बताएका छन्। वीरगन्ज १३ तेजारथटोलस्थित मुख्यमन्त्री राउतको निवासमा बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल नेतृत्वमा पुगेको जितपुर–सिमरा उपमहानगरको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

       मुख्यमन्त्री राउतलाई जितपुर–सिमरा उपमहानगरपालिकाका पौडेलले बिकास लगायतका सवालमा प्रदेश सरकारको अभिभावकत्व र सहयोगका लागि आग्रह गरेका छन् । जितपुर–सिमरा उपमहानगरपालिका र समग्र प्रदेश कै समृद्धिका आधारहरु सम्बन्धमा नगर उपप्रमुख सरस्वति चौधरी सहित पुगेका नगरप्रमुख पौडेलले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । वीरगन्ज १३ तेजारथटोलस्थित मुख्यमन्त्री राउतको निवासमा नगरप्रमुख पौडेलको नेतृत्वमा पुगेको जितपुर–सिमरा उपमहानगरको प्रतिनिधि टोलीले मुख्य मन्त्री राउतलाई सम्मानपछि ज्ञापनपत्र हस्तान्तरण गरेको थियो ।

‘प्रदेश २ ले भौगोलिक तथा जनसांख्यिक महत्व बोकेको छ, यो प्रदेशलाई सबल र सुदृढ बनाउन सकिने प्रचुर सम्भावनाहरु छन,’ प्रमुख पौडेलले भने, ‘कृषि, उद्योग व्यवसाय र पर्यटनलाई विकास गरेर यो प्रदेशलाई आत्मनिर्भर र सवल बनाउन सकिन्छ ।’ उनले उपमहानगरपालिका जीतपुर–सिमराको विकास र समृद्धिका बिषयहरु प्रस्तुत गर्दै प्रदेश सरकारको सहयोगको अपेक्षा समेत गरे । पौडेलका अनुसार भौतिक पूर्वाधार, मानवविकास र सामाजिक सवालमा जीतपुर–सिमरा उपमहानगरपालिका अवस्थामा कमजोर छ ।

तीन वर्ष अगाडी नगरपालिका र एक वर्षअघि उपमहानगरपालिका घोषणा भएको जीतपुर–सिमरामा उपमहानगरलाई चाहिने आवश्यक पुर्वाधारको अभाव छ । ‘जीतपुर–सिमरा उपमहानगरमा पर्ने दोस्रो अन्तराष्ट्रिय बिमानस्थल र संगै जोडिएको तराई काठमाण्डौं तराई मधेस द्रुतमार्गले यस क्षेत्रको बिकासमा ठुलो भुमिका गर्ने बिश्वास लिइएको छ,’ नगरप्रमुख पौडेलले भने, ‘सिमरा मै रहेको विशेष आर्थिक क्षेत्र, वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर, प्रमुख व्यापारिक मार्ग, पर्सा राष्ट्रिय निकुञ्ज, पेट्रोलियम पाइपलाइन प्रदेश २ का महत्वपूर्ण वैभव हुन् ।’ उनले राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाहरु प्रदेशको समृद्धिसंग जोडिएका छन् ।

यि आयोजनाहरु पुरा गराउनका लागि केन्द्र सरकारसंगै प्रदेश सरकारको विशेष प्राथमिकता चाहिएको उनले उल्लेख गरे । जीतपुर सिमरामा दोस्रो मातृभाषा भोजपुरी भाषालाई दोस्रो कामकाजको भाषा बनाउने, दुई तहको चक्रपथसहित सबै सडक सञ्जालहरुलाई व्यवस्थित गर्ने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन बिकासजस्ता विषयलाई उक्त उपमहानगरपालिकाले प्राथमिकतामा राखेको छ । आफुहरु आमनागरिकको जीवनस्तरमा रुपान्तरणका योजनाहरुमा जोड दिएको पौडेलले बताए ।

मुख्यमन्त्री राउतले बिकास र आर्थिक समृद्धीका सवालमा प्रदेश सरकारले हरेक सहयोग गर्ने नगरप्रमुख पौडेल सहितको टोलीसंग प्रतिबद्धता जनाए । उक्त अवरसमा पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित साँसद हरिनारायण रौनियार लगायतको उपस्थिती रहेको थियो । यसैविच पौडेल नेतृत्वको उक्त टोलीले वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी र उपपप्रमुख शान्ति कार्की लगायतसँग पनि भेट गरी आपसी सहकार्यका सम्भावनाका बिषयमा छलफल गरेको छ ।

प्रकाशित: १९ फाल्गुन २०७४ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App