१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु

खोटाङ–पतिले खुकुरी प्रहार गर्दा खोटाङको बोपुङ–८ की ४२ वर्षीया कल्पना परियारको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका पति गोबिन्द परियारको खुकुरी प्रहारबाट कल्पनाको बुधबार राती मृत्यु भएको हो ।

गोबिन्दले पत्नीलाई कुटपिटकाक्रममा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । गोबिन्दलाई छिमेकीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय चिसापानीलाई बुझाएका छन् ।

पत्नीलाई कुटपिट गरिरहेको जानकारी पाएपछि गोबिन्दको घर पुग्दा उनको मृत्यु भइसकेको अवस्थामा कल्पनालाई भेटिएको स्थानीय गणेश बिष्टले बताए । पक्राउ परेका परियारलाई आवश्यक अनुसन्धान गर्न र कारबाहीकालागि दिक्तेल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए ।

यसैबीच, नुनथला–५ का ५६ वर्षीय मुगाधन राई मृत फेला परेका छन् । मंगलबारदेखि हराएका राई बिहीबार नुनथलाकै जंगलमा मृत अवस्थामा फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका सहि मनोज यादवले बताए ।

प्रकाशित: २ भाद्र २०७३ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App