काठमाडौं- मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनका मुद्दामा संघर्ष गर्दै आएका डा. गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्। प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. केसीले फागुन २९ देखि सत्याग्रह गर्ने घोषणा गरेका हुन्।
पराजुलीले न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने जस्ता कार्य गरेको केसीको आरोप छ। पराजुलीले राजीनामा नदिएको तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानविन गर्नु पर्ने उनको माग छ। चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिश बमोविम कारवाही गर्न समेत केसीको माग छ।
न्यायालय लगायत देशका संवैधानिक निकायका पदाधिकारीहरुलाई समेत जवाफदेही बनाएर ती निकायको कार्य सम्पादन निष्पक्ष र प्रभावकारी हुनपर्ने उनले दोहोर्याएका छन्।
प्रकाशित: १९ फाल्गुन २०७४ ११:०३ शनिबार