coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ग्रामीण सडक निर्माण सुरु

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकामा ग्रामिण सडक निर्माण सुरू गरिएको छ। गाउँमा उत्पादित कृषिजन्य बस्तुलाई सहजरुपमा निर्यातको वातावरण निर्माणका लागि गाउँपालिकाले चिसापानी–घोर्ले–कात्तिके सडक निर्माण सुरु गरेको हो।

जन्तेढुंगा गाउँपालिकाको २० लाख, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको ५ लाख, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको ३ लाख र उपभोक्ताको ६ लाख ५० हजारको लागतमा सडक निर्माण सुरु गरिएको हो। आगामी चैत्र १५ गतेसम्ममा पूरा गर्नेगरी ५ किलोमिटर सडक निर्माण सुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष याम राईले बताए।

हालसम्म साढे एक किलोमिटर सडक निर्माण भइसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ। सडकका कारण घोर्लेमा उत्पादन हुने सुन्तला, तरकारी, फलफुल लगायत निर्यातका लागि सहज बाटो खुल्ने अध्यक्ष राईले बताए।

यस्तै, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित धार्मिक तथा पर्यटकीयस्थल छोङखाचण्डीथान जाने सडक निर्माण गरिएको छ। धार्मिक तथा पर्यटकीयस्थल छोङखाचण्डीथानको पर्यटन प्रवद्र्धनका लागि भञ्ज्याङखर्क–छोङखाचण्डीथान सडक निर्माण गरिएको हो। जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय को २५ लाखको लागत र स्थानीयको श्रमदानबाट साढे ५ किलोमिटर सडक निर्माण गरिएको डम्बर्खुशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए।

प्रकाशित: १९ फाल्गुन २०७४ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App