coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता

लहान – चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिरहामा ५४७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ।

चालु आर्थिक वर्ष ०७४–७५ को साउनदेखि पुस महिनासम्मको अवधिमा सिरहामा सेवामूलक उद्योग ३११ वटा, उत्पादनमूलक उद्योग १५० र कृषिजन्य उद्योग ८६ वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाले जनाएको छ।

यो संख्या गत आर्थिक वर्ष ०७३–७४ को ६ महिनाको अवधिको तुलनामा २५ प्रतिशतले बढी हो। केही वर्षअघिसम्म कृषिजन्य उद्योग न्यून संख्यामा मात्र दत्र्ता हुँदै आएकोमा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी सहज गरेपछि कृषिजन्य उद्योगको दर्तामा वृद्धि भएको सो कार्यालयले जनाएको छ।    (रासस)

प्रकाशित: १९ फाल्गुन २०७४ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App