७ वैशाख २०८१ शुक्रबार
राजनीति

'सरुवा बढुवाका फाइल बोकेर नहिँड्नुस्'

संयुक्त प्रशिक्षणमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल। तस्बिर: दिनेश गोले

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदहरुलाई संयुक्त प्रशिक्षण दिइएको छ। संसद भवन बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्व सभामुख सुभास नेम्वाङले सदनमा सांसदले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए।

अध्यक्ष ओलीले सांसदहरुलाई विकासमा केन्द्रित हुन निर्देशन दिएको सांसद सूर्य पाठकले जानकारी दिए। ओलीलाई उदृत गर्दै उनले भने, ‘सरुवा बढुवाका फाइल बोकेर हिंड्ने सांसदको काम होइन। तपाईहरु जनताका विकास निर्माणका फाइल बोकेर आउनुहोस् ।’

कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सांसदहरुलाई विकासमा केन्द्रित हुन निर्देशन दिएको सांसद डा.सूर्य पाठकले जानकारी दिए। ओलीलाई उदृत गर्दै उनले भने, ‘सरुवा बढुवाका फाइल बोकेर हिंड्ने सांसदको काम होइन। तपाईहरु जनताका विकास निर्माणका फाइल बोकेर आउनुहोस् ।’  ओलीले दुई पार्टीबीच छिट्टै एकता हुने बताउँदै त्यसै अनुसार सहकार्य गर्न सांसदहरुलाई आग्रह गरे।

माओवादी अध्यक्ष दाहालले प्राविधिकरुपमा एमाले र माओवादी फरक देखिए पनि निकट भविष्यमै एक हुने बताए। ‘प्राविधिकरुपमा दुईवटा देखिए पनि छिट्टै हामी एउटै पार्टीको बैठक बस्छौं’, दाहाले भने, ‘एकीकृत पार्टीको लागि सबै तयार हुनुस् ।’

एमाले नेता तथा पूर्व सभामुख सुभाष नेम्वाङले संघीय संसदको गरिमा र जिम्मेवारी बुझ्न सांसदलाई आग्रह गरेका थिए। संसदमा उपस्थिति नभएर विगतमा कोरम पुर्याउन समस्या हुने जस्ता समस्या देखिने गरेको बताउँदै पार्टीका संसदलाई यस्तो नदोहोर्याउन आग्रह गरे। सांसदहरुलाई उनले आचरणमा ख्याल गर्न समेत आग्रह गरे।

एमाले र माओवादीले सांसदहरुलाई विषयगत विज्ञ राखेर ओरीएनटेसन दिने तयारी समेत गरेका छन्। संघीय संसदको अधिवेशन फागुन २१ गतेलाई आव्हान गरिएको छ। संसद बैठक अघि दुई पार्टीले आफ्ना दुवै सदनका सांसदलाई प्रशिक्षण दिएको हो।

 

प्रकाशित: १९ फाल्गुन २०७४ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App