coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चितुवाको छालासहित दुई पक्राउ

कोहलपुर-ईलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित दुई व्यक्ति पक्राउ गरेको छ ।

कोहलपुर १२ बाट कुवेरजंग शाह र सहविर खत्री पक्राउ परेका हुन् । बिहीबार दिउँसो साढे ३ बजे उनीहरुको साथबाट दुईवटा चितुवाको छाला पक्राउ गरिएको हो ।

कोहलपुर १२ स्थित पशुपति थारुको घरमा कोठाभाडा लिएर बस्दै आएका ७४ बर्षीय शाह र ५८ बर्षीय खत्रीको साथबाट २६० सेन्टिमिटर र २१७ सेन्टिमिटरको चितुवाको छाला बरामद भएको डिएसपी सुरेशप्रसाद काफ्लेले बताए ।

उनीहरु बाघ र चितुवाको छाला तस्कर गर्दै बिक्री गर्दै आएको पाईएको उनले बताए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैईरहेको उनले बताए ।

प्रकाशित: २ भाद्र २०७३ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App