७ वैशाख २०८१ शुक्रबार
समाज

हत्याको विरोधमा टीकापुर ठप्प

टीकापुर – विभत्स तरिकाले हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ बर्षीय कर्ण थापाका आफन्तले हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शनिबार बिहानैदेखि टीकापुर बजार बन्द गराएका छन्।

बन्दका कारण बजार र यातायात सेवा ठप्प भएको छ। अस्ती राति होली खेलिरहेको ठाउँमा केही व्यक्तिले छुरा प्रहार गर्दा थापाको घटनास्थलमै ज्यान गएको थियो।

थापाको हत्या हुँदा होली मैदानमा करिव १५ हजार व्यक्ति रहेका थिए। प्रत्यक्षदर्शीका अनुसार पाँच जनाको समूह छुरा प्रहार गरी भागेको थियो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १५ भन्दा बढीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। प्रहरीले मुख्य व्यक्ति फरार रहेकाले खोजी भैरहेको जनाएको छ।

मृतकका आफन्तले प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको भन्दै ईलाका प्रहरी कार्यलय टीकापुर अगाडि धर्ना दिएका छन्। उनीहरुले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै प्रहरी कार्यलय अगाडि टायर बाली बिरोध जनाइरहेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७४ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App