coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटना रोक्न सडक सुरक्षा कार्यक्रम

सडक सुरक्षा कार्यक्रमको उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीलगायतका मन्त्रीहरु। तस्बिर/नागरिक

सुर्खेत – प्रदेश सरकारले शनिबारदेखि सडक सुरक्षा कार्यक्रम लागू गरेको छ। सडक दुर्घटना न्यूनिकरण गर्न, सडक आवागमन सरल र नियमित गर्न, ट्राफिक नियमको पालना गराउनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा एकै पटक सडक सुरक्षा कार्यक्रम लागू गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको समृद्धि र विकासका लागि सुरक्षा पहिलो प्राथमिकतामा रहेको बताए। उनले नागरिकको सुरक्षा ग्यारेन्टी प्रदेश सरकारको भएको बताए। ‘हरेक नागरिकले म सुरक्षित छु भन्ने कुराको प्रत्याभूति नहुँदासम्म समृद्धिको कल्पना पनि गर्न सकिँदैन्’ वीरेन्द्रनगरमा आयोजित सडक सुरक्षा कार्यक्रमको सुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भने, ‘नागरिकलाई सुरक्षाको प्रत्याभूति दिँदै समृद्धिको यात्रा अगाडि बढाउँछौं।’

उनले कर्णाली प्रदेशमा उभिनका लागि जमिन प्रसस्तै भएपनि अरु आधारहरु नरहेको भन्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति गरेर समृद्धिको यात्रा तय गर्ने योजना रहेको बताए। उनले आजैदेखि कुनै पनि वाहानामा सडक अवरोध हुने, नियम मिच्ने र नागरिकलाई असहज हुने गतिविधिहरु नहुने दावी पनि गरे।

उनले सडकका साथै प्रदेशभित्रका सबै साना ठूला आयोजनाको सुरक्षा ग्यारेन्टी पनि सरकारले लिने बताए। ‘प्रदेशको समृद्धिका लागि सबैभन्दा पहिलो कुरा सुरक्षा हो’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकार यहाँका नागरिक, लगानीकर्ता र ठूला तथा साना आयोजनाको सुरक्षामा प्रतिवद्ध छ।’ मुख्यमन्त्री शाहीले लागूऔषध नियन्त्रण, सडक सुरक्षा, महिलामाथि हुने हिंसा न्यूनिकरण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको पनि बताए।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सुरक्षा विना समृद्धिको कल्पना पनि गर्न नसकिने भएकाले प्रदेशको समृद्धिका लागि सुरक्षा अभियान सुरु गरिएको बताए। ‘आजैदेखि प्रदेशका १० वटै जिल्लामा हामीले यो कार्यक्रम लागू गरेका छौं’ उनले भने, ‘यो कार्यक्रम प्रदेशभित्रका सडकको सुरक्षामा मात्रै केन्द्रीत हुँदैन्, आम नागरिकहरुको सुरक्षाको ज्ञारेन्टी पनि गर्छ।’
उनले प्रदेशलाई पूर्ण सुरक्षित बनाउने अभियान अन्र्तगत रहेर ४० बुँदे प्रतिवद्धता सार्वजनिक गरिएको बताउँदै सोही अनुसार प्रदेश सरकारले आफ्ना गतिविधिहरु सञ्चालन गर्ने बताए। मन्त्री भण्डारीले प्रदेश राजधानी वीरेन्द्रनगर लागूऔषधको मुख्य केन्द्र बन्दै गएकाले यसको नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन लागिएको जानकारी दिए।

प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले व्यक्ति र समाजको सुरक्षामा केन्द्रीत रहेर कार्यक्रमको सुरुवात गरिएको बताए। उनले प्रदेशभित्र हुने अपराध मध्ये ५६ प्रतिशत व्यक्तिको मृत्युसँग सम्बन्धित रहेको भन्दै यसलाई न्यूनिकरण गर्नका लागि पनि सडक सुरक्षा कार्यक्रम प्रभावकारी हुने बताए। ‘सडक दुर्घटनाकै कारण यहाँका धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको अवस्था विद्यमान छ’ एआइजी चन्दले भने, ‘हामी यसको न्यूनिकरणमा लाग्छौं।’

यातायात व्यवसायी रमेश सापकोटाले कर्णाली राजमार्ग नियमति सञ्चालन गर्न अनुरोध गरे। ‘दुर्घटना रोक्ने नाममा राज्यले अहिले पनि रात्रीकालिन समयमा कर्णाली राजमार्गमा सडक गुडाउन दिँदैन्’ उनले भने, ‘सुरक्षाका अरु उपाय अपनाएर कर्णाली राजमार्ग खुल्ला गरिनुपर्छ।’

 

प्रकाशित: १९ फाल्गुन २०७४ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App