७ वैशाख २०८१ शुक्रबार
खेल

कीर्तिपुरको लगातार जित

काठमाडौं – कीर्तिपुर बास्केटबल टिमले प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने क्रममा शुक्रबार सेन्ट जेभियर कलेजविरुद्धको अवे खेलमा ८५–८३ को प्रतिस्पर्धात्मक नतिजा निकालेको छ । प्रतियोगितामा जेभियरको यो लगातार चौथो हार हो।

लगातार तीन क्वार्टरमा पछि परेको कीर्तिपुरले चौथो क्वार्टरमा सनसनीपूर्ण पुनरागमन जनाउँदै स्कोर बराबरी गरेर खेल अतिरिक्त समयमा धकेलेको थियो । अतिरिक्त समयमा विपक्षीलाई दुई स्कोरले पछि पार्दै कीर्तिपुर जितको शृंखलालाई निरन्तरता दिन सफल भयो।

पहिलो क्वार्टर २२–१२ को स्कोरमा पछि परेको कीर्तिपुरले दोस्रो तथा तेस्रो क्वार्टरमा पनि विपक्षीलाई अग्रता सुम्पियो । दोस्रो र तेस्रो क्वार्टरमा घरेलु टोलीले १८–१७ को झिनो अग्रता लिएको थियो । तर चौथो क्वार्टरमा उत्कृष्ट पुनरागमन गर्दै कीर्तिपुरले २८–१६ को अग्रता लिँदा खेल समग्रमा ७४–७४ को बराबरीमा पुग्यो । त्यसपछि निर्णयार्थ अतिरिक्त समयमा खेल धकेलिँदा कीर्तिपुरले १–९ को अग्रतासहित रोमाञ्क जित हात पा¥यो । जेभियरका सुरज खड्गीले सर्बाधिक १६ स्कोर गरे।

प्रतियोगितामा लगातार चौथो जितपछि १२ अंक जोडेको कीर्तिपुर दोस्रो स्थानमा छ । त्यस्तै ५ खेलमा शतप्रतिशत नतिजा निकालेको त्रिभुवन आर्मी क्लब १५ अंकका साथ शीर्ष स्थानमा छ। प्रतियोगिताअन्तर्गत शनिबार हुने खेलमा आर्मीले जेभियर र गोल्डेनगेट कलेजले विशाल मिलन केन्द्रसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App