७ वैशाख २०८१ शुक्रबार
खेल

खेलाडीलाई वेंगरको सुझाव

लन्डन – इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीसँग बिहीबार घरेलु मैदानमा ३–० ले पराजित भएपछि दबाबमा रहेका अर्सनलका प्रशिक्षक आर्सेन वेंगरले खेलाडीलाई क्लबको स्तरअनुरुप प्रदर्शन गर्न सुझाएका छन्।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा पहिलो उपाधि जित्ने क्रममा आइतबार लिग कपको फाइनलमा आर्सनललाई हराएको म्यानचेस्टर सिटी बिहीबारको जितसँगै लिगको शिर्ष स्थानमा १६ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । वेम्बलीमा सम्पन्न लिग कपको फाइनलमा ३–० को विजय हासिल गरेको सिटीले बिहीबार समान अन्तरको नतिजा निकालेको हो । इमिरेट्स रंगशालामा सिटीले ३३ मिनेटमै तीन गोलको अग्रता लिइसकेको थियो।

बर्नान्डो सिल्भा, डेभिड सिल्भा र लोरी सानेले गोल गरेपछि आर्सनलले लगातार तेस्रो हार बेहो¥यो । क्लबको कीर्तिमानी रकम ७ करोड ९० लाख अमेरिकी डलरमा अनुबन्ध भएका पिरे–इमेरिक औबमेयाङले हानेको पेनाल्टी सिटीका गोलकिपर इडर्सनले बचाएका थिए । छैटौं स्थानमा रहेको आर्सनल चौथो स्थाको टोटेनह्यामभन्दा १० अंकले पछाडी परेको छ।

‘माथि उक्लन सिँढीमा चढेजसरी अघि बढ्नु पर्छ । लिफ्टमा झरे जसरी तल झर्दा मनोबल के हुन्छ,’ वेंगरले भने, ‘हामीले आर्सनलको स्तरअनुसार प्रदर्शन गर्नु आवश्यक छ।’

तथापी २२ वर्षको लामो इमिरेट्स बसाई दुखद अन्त्य हुन लागेको कुरा फ्रान्सका प्रशिक्षक वेंगरले अस्विकार गरे । ‘जीवनमा केही पनि एकनास हुदैन, त्यसमा म विश्वस्त छु’ वेंगरले थपे, ‘यो अवस्थालाई तपाईंले कसरी लिनुहुन्छ भन्ने हो । मिहिनेत गर्ने हो भने यसलाई परिवर्तन गर्न सकिन्छ।’

चिसो मैसम र वेम्बलीमा भागेको पराजयका कारण इमिरेट्स रंगशालामा १ हजारभन्दा बढी सिट खाली थियो । हिउले रंगशाला भरिन सक्ने सम्भावनाका कारण खेलअघि मैदानको रेखामा निलो रंग लगाइएको थियो । तर दूर्भाग्य समर्थकका लागि चिसो मौसममा क्लबको हारले झनै चिसो बातावरण सिर्जना गरिदियो । तथापी वेंगरको टोलीले पछिल्लो समय गरेको प्रदर्शनबाट उनीहरु अभ्यस्त भइसकेका छन् । जारी सिजन आर्सनलको यो १२औं हार हो।

‘तीन शुन्यले हार्दा पनि समर्थक खुशी हुन्छन् र? म आश्चर्यमा छु,’ रंगशालाको सिट खाली भएको बारे वेंगरले भने, ‘यो चिसो मैसम र आइतबार हामीले भोगेको हारको कारण हो।’

यद्यपी आर्सनलले सुरुआत भने राम्रो गरेको थियो । हेनरिक एमखिटार्यनको प्रहारलाई सिटीका गोलकिपरले मुस्किलले बचाएका थिए । तर, १५औं मिनेटमा लोरी सानेको पासमा बार्नान्डो सिल्भाले गोल गरेपछि आर्सनल खेलमा फर्कन सकेन । डेभिड सिल्भाले गरेको दोस्रो गोलमा पनि सानेले योगदान गरे । सर्जियो अग्विरो, केभिन डी ब्रुयना र काइल वाल्करको तालमेलबाट सिर्जना भएको अवसरालाई सानेले पोष्टको दिशा दिए । जसले सिटीमा ग्वार्डिओलाको १सयौं खेल सुखद बन्यो।

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App