coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अध्यक्ष राणा भारत प्रस्थान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि शुक्रबार भारत प्रस्थान गरेका छन्।

आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ। अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ। 

सोही क्रममा भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए। राणा यही फागुन २४ गते स्वदेश फर्कने कार्यक्रम छ। यसअघि पनि उनी उपचारकै क्रममा करिब तीन साता लामो समय भारत बसेर तीन दिनअघि मात्र नेपाल आएका थिए। 

प्रकाशित: १८ फाल्गुन २०७४ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App