४ वैशाख २०८१ मंगलबार
प्रवास

स्लोभाकियामा रेलले ठक्कर दिँदा एक नेपालीको मृत्यु

लन्डन - स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले जनाए।

मृतक लामाको शव ब्राटिस्लावाको इन्स्ट्च्यिुट अफ मेडिसिन अस्पातलमा राखिएको छ। लामाको दुर्घटनाबाट मृत्यु भएको औपापचारिक जानकारीे बर्लिनस्थित स्लोभाकियान दूतावासले नेपाल दूतावासलाई दिएको थियो।

लामाको शव नेपाल पठाउनको लागि सहयोग जुटाउन गैरआवासीय नेपाली संघका संरक्षक दिल गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको एनआरएन जर्मनीले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मृतकको लास नेपाल पठाउन करिब ५ हजार युरो संकलनमा सहयोग गर्न एनआरएन जर्मनीले अपिल गरेको छ।

प्रकाशित: २ भाद्र २०७३ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App