७ वैशाख २०८१ शुक्रबार
राजनीति

ट्रम्पलाई ओलीले के सन्देश पठाए ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी परियोजना तत्काल सुरु गर्न अमेरिकालाई आग्रह गरेका छन्। 

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँग शुक्रबार सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपालको ऊर्जा र यातायातको सुदृढीकरणमा ६३० मिलियन अमेरिकी डलर लगानी गर्ने भनेकोमा उक्त काम तत्काल शुरु गर्न आग्रह गरेका हुन्। 

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा पनि गरे। 

जवाफमा राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। राजदूत टेप्लिजले सरकारलाई नीतिगत सुधार, सुशासन, विकास र संरचनागत परिवर्तनमा सशक्त कदम चाल्न प्रधानमन्त्री ओलीसँग आग्रह गरिन। 

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदूतको ध्यानाकर्षण गराउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लागिपर्ने बताबताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

प्रकाशित: १८ फाल्गुन २०७४ १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App