coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सलमानको नेपाल भ्रमण स्थगित, ‘दबंग द टूर नेपाल’ वैशाखमा

काठमाडौं – बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ। फागुन २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको ‘दबंग द टूर नेपाल’मा सहभागी हुन आउन लागेका सलमानको भ्रमण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विरोधका कारण स्थगित भएको बताइएको छ। सलमान अब वैशाख पहिलो साता नेपाल आउनेछन्।

‘दबंग द टूर नेपाल’को आयोजक ओडिसी इन्टरटेनमेन्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि सलमानको भ्रमण स्थगित भएको जानकारी दिएको छ।

ओडिसीले कार्यक्रमको तयारीका लागि करिब १० करोड खर्च भइसकेको जानकारी दिँदै वैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने बताएको छ। टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्ने स्पष्ट पार्दै वैशाखमा सारिएपनि टिकट बिक्री जारी नै रहेको जनाएको छ।

मार्च १० मा आयोजना गरिएको ‘दबंग द टुर’का लागि सलमानका साथै सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल लगायतका कलाकार नेपाल आउने कार्यक्रम थियो।

प्रकाशित: १८ फाल्गुन २०७४ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App