coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धुर्मुस सुन्तली फोउन्डेशनलाई सानिमाको २१ लाख

काठमाडौं- सानिमा बैंकले धुर्मुस सुन्तली फोउन्डेशनलाई २१ लाख आर्थिक सहयोग गरेको छ। सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस सुन्तली फोउण्डेशनलाई उक्त सहयोग गरेको हो। फाउन्डेसनले भूकम्प पीडित एवं मुसहर बस्ती निर्माण पछि सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी हस्तान्तरण गरिसकेको छ।

उक्त बस्ती निर्माणमा अपुग् भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत फाउण्डेशनलाई सहयोग गरेको बताएको छ। एक कार्यक्रमका बिच बैंकका सन्चालक तुक प्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गरे। हस्तान्तरण समारोहमा धुर्मुस सुन्तली फाउन्डेशनको कार्यलाई स्रहाना गर्दै सानिमा बैंक पनि जोडीन पाउँदा खुशी लागोको बताए।

कार्यक्रममा बोल्दै सिताराम कट्टेलले उक्त बस्ती अनुमानित समय भन्दा चाँडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउँदै बैंकिङ्ग क्षेत्रबाट अहिलेसम्मको सबै भन्दा ठूलो धन राशी सहयोग गरेकोमा बैंकलाई धन्यबाद दिए। केही रकमको प्रतिवद्घता आइसकेको जानकारी दिदैं उनले यो रकमसगैं सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा बताए। त्यसै गरी श्रीमती कुञ्जना घिमिरेले फोउन्डेशनलाई बिश्वास गरेकोमा धन्यवाद दिदै यो सहयोग बैंकले गरेको सम्मानका रुपमा लिएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले फाउन्डेसनले सन्तपुर बस्ती परियोजना समय सीमा भित्रनै सम्पन्न गरी हस्तान्तरण गरेको भन्दै कुशल व्यवस्थापनको पाठ सिक्नु पर्ने बताए।

प्रकाशित: १८ फाल्गुन २०७४ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App