६ वैशाख २०८१ बिहीबार
समाज

आफैले लगाएको अफिम खेती आफै नष्ट

अफिम नष्ट गर्नुअघि अफिम खेतीमा एक बालकले खिचेको सेल्फी तस्बिर। तस्बिरः नागरिक

उदयपुर – उदयपुरमा लगाइएको अवैध अफिम खेती किसान आफैले नष्ट गरेको फेला परेको छ। जिल्लाको पूर्वी नगरपालिका बेलका २ शान्तिबजार टप्पुस्थित ४ कठ्ठा क्षेत्रफल जग्गामा लगाइएको अफिम खेतीको जानकारी प्रहरीमा पुगेको थाहा पाएपछि किसान आफैले नष्ट गरेको प्रहरीले जनाएको छ।

टप्पुका परेश मण्डलले अफिम खेती गर्दै गरेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालयले नष्ट गर्न टोली पठाएको थियो। तर, बिहीबार दिउसो ४ः०० बजे टोली पुग्दा ट्याक्टर लगाएर आफैले नष्ट गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। ‘अवैध अफिम खेती गरेको छ भन्ने रिपोर्ट आएपछि टोली लिएर म स्वयं त्यहाँ पुगेँ’ एसपी भट्टले भने ‘हाम्रो टोली पुग्दा भर्खरै ट्याक्टर लगाएर नष्ट गरिसकेको रहेछ।’

प्रहरी पुग्दा मण्डल भने फरार भईसकेको प्रहरीले जनाएको छ। प्रहरी आउने सुईको पाएलगत्तै अफिम खेती नष्ट गरेर उनी घर छाडेर भागिसकेको उनले बताए। फरार मण्डलको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले मण्डलले अफिम खेतीमा सेल्फी खिचेको तस्विर र अफिम खेतीको जग्गाको फोटो भने फेला पारेको छ। त्यही तस्विरको आधारमा मण्डलको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App