कालापत्थर बन्दै हिमाल चुचुरा

शुक्रबार, १८ फागुन २०७४, १३ : १५ राधा ढुंगाना

सोलुखुम्बु – सामान्यतया चिसो मौसममा हिमपात हुन्छ। पुष र माघ महिनाको मध्य नै हिमपातको मुख्य सिजन हो। तर यस वर्ष उच्च हिमाली क्षेत्र खुम्बुमा ढिलो गरी सामान्य हिमपात भएपनि पहिले पहिले जस्तो न डाँडाकाडा नै ढाके, न जम्ने गरि हिमपात भयो। पातलो हिमपातका कारण यस वर्ष हिमाली भेगका स्थानियले अनौठो मानेका छन्।

अघिल्लो वर्ष पुषको अन्त्यतिर २ फिटसम्म हिमपात भएपछि गाउँले जनजीवन समेत प्रभावित बनेको थियो। अघिल्लो वर्ष त चैत्र बैशाखमा समेत हिमपात भएको नाम्चेका गेलु शेर्पा सम्झछन्। तर यस वर्ष सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा फागुनको आधा महिना बितिसक्दा पनि एक पटक हिमपात भएन। माघ पहिलो हप्ता बितिसक्दा बल्ल खुम्बु क्षेत्रमा सामान्य हिउँ पर्याे। मौसममा हिउँ नपर्नु, पानी नपर्नु जलवायु परिवर्तनको मुख्य असर भएको स्थानियहरुले समेत महसुस गरेका छन्।   

चिसो कमहुदै जाँदा समेत हिउँ नपरेपछि सेता हिमालहरुमा अहिले हिउँ देख्न मस्किल छ। सर्वाेच्च शिखर सगरमाथा देखि ल्होत्से, न्हुप्त्से, पुमरी, आमादब्लम, कोङ्गदे जस्ता चर्चित हिमालहरुमा हिउँको मात्रा कम हुदै गएको छ। फागुन महिनाको दोस्रो हप्ता बितिसक्दा पनि हिउँ नपरेपछि यस वर्ष हिउँ पर्ने आशा मर्दै गएको खुम्बुका स्थानिय पेम्बा शेर्पाले बताए। खुम्बुका हिमाल केही वर्ष पहिलेसम्म चैत र बैशाखमा समेत हिउँले ढाकिन्थे तर अहिले हिउँ पर्ने सिजनमा समेत हिमालमा हिउँ छैन। सेताम्मे हिउँले टलक्क टल्कने हिमालहरुमा हिउँको मात्रा घट्दै जाँदा हिमालहरु कालो पहाड जस्तो मात्रै देखिन थालेको हो। हिमाली क्षेत्रमा हरियाली कम देखिन थालेको छ भने हिम नदीले आफ्नो बहने धार समेत परिवर्तन गर्दै गएको छ। जसका कारण हिमनदीहरुको गहिराई र चौडाई समेत वृद्धि भएको स्थानीयको अनुभव छ।

हिमाल आरोही वाङ्गदा शेर्पाले हिमालमा हिउँको मात्रा कम हुदै गएको अनुभव सुनाए। उनले भने, ‘पहिले हिमालमा बाक्लो हिउँ बस्थ्यो, आरोहणका लागिपनि सजिलो हुन्थ्यो तर अहिले हिमाल त टाकुरा जस्तो मात्रै छ, कालो चट्टानमात्रै भेटिन्छ।’ वर्षेनी ट्रेकिङ व्यवसायको सिलसिलामा सगरमाथा क्षेत्रमा आउने ट्रेकिङ गाईड गोपाल श्रेष्ठले हिमालहरुमा यस पटक गत वर्षहरुमा भन्दा हिउँको मात्रा घटेको महशुस गरे। गोरप्सेपबाट अघिल्लो साता फर्केका उनले स्थानीय पनि हिमालमा हिउँको मात्रा घट्दा चिन्तित भएको आफूले पाएको उनले बताए। सोलुखुम्बुका हिमाली गाउँहरु (जहाँ केहीवर्ष अघिसम्म अधिक समय हिउँसँग खेल्न पाइन्थ्यो) गोरप्सेप, लबुचे, दिङबोचे, पाङबोचेमा जाडोको मध्य समयमा पनि हिउँ नपरेकोले यस पटक स्थानीय थप चिन्तित छन्।

अहिले हिमालय क्षेत्रमा वर्षेनी ०.०४ देखि ०.०६ सेण्टीग्रेडले तापक्रम बृद्धी भइरहेको हिमालयन रिसर्चका अध्यक्ष डा. धनन्जय रेग्मीले जानकारी दिए। सन् १९६० सम्म हिमालको हिउँहरु पग्लने क्रम स्थिर रहेपनि त्यस यता तापक्रम बृद्धी हुँदैगइ जलबायु परिबर्तनमा असर देखेको र त्यसको प्रत्यक्ष असर नांगो आँखाले अुनुभूती हुन थालेको डा. रेग्मीको दाबी छ। हिमालय क्षेत्रमा जलबायु परिबर्तनको असरका बारेमा सरकारको जल तथा मौसम बिज्ञान विभागसंग समेत स्पष्ट जवाफ छैन। अहिलेसम्म बिभागले जलबायु परिबर्तनका असरका बारेमा स्थलगत अध्ययन गर्न र प्रबिधि जडान गर्न नसक्नुमा बजेटको अभाब रहेको जनाएको छ। यस अघिका वर्षहरुमा बिभागले कामै नगरी बजेट फ्रिज गर्ने गरेको जानकारहरु बताउछन्। मौसम तथा पूर्वानुमान महाशाखाका कार्यकारी निर्देशक ऋषिराम शर्माले भने, ‘अहिले हामी विभागमा हिममापन केन्द्र राख्नका लागी टेन्डरको प्रक्रियामा छौँ, आगामी आर्थिक वर्षको असोज महिनासम्ममा केन्द्र स्थापना गरिसक्ने हाम्रो लक्ष्य हो।’

जलबायु परिबर्तनको असर न्यूनिकरण गर्न बिश्वको ध्यान खिच्न भन्दै कोपनहेगन सम्मेलन पूर्ब नेपाल सरकारले बि.स.२०६६ मंसिर १९ गते सगरमाथा आधार शिबिर नजिकै काला पत्थरमा मन्त्रीपरिषदको बैठक समेत बसेको थियो। बैठकले जलवायु परिवर्तन असर न्यूनिकरण सम्बन्धी १० बुँदे सगरमाथा घोषणा पत्र नै जारी गरेको थियो । बिकसित देशहरुले कार्बन उत्सर्जनलाइ न्यूनिकरण नगर्नाले अल्पबिकसित देश र हिमालय क्षेत्रमा बस्ने हामी जस्तो नागरिकले सास्ती खेप्नु परेको सर्वसाधरणको गुनासो छ।     

जलवायु परिवर्तनले हिमालमा हिउँ जम्न छोडेको, समयमा हिउँ र पानी नपरेको विज्ञहरुको भनाई छ। जलवायु परिवर्तनले मानिसको जनजिविकामा असर परेकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय पानी पर्ने समयमा पानी नपर्ने, हिउँनपर्ने, बालीनालीमा समयभन्दा अघि नै पाक्ने जस्ता जलवायु परिवर्तनका असर देखिन थालेको छ। जलवायु परिवर्तनका कारण नै नेपालमा पहिले स्याउफल्ने क्षेत्रमा अहिले आँप, लिची लगायत गर्मी याममा फल्ने फलफूल फल्न थालेको, विभिन्न किराको समस्या बढेको, समय भन्दा ढिलो वा चाँडो वर्षा हुन थालेको, डुबान र बाढीको समस्या बढ्न थालेको, कतिपय बालीको उत्पादकत्व घट्न थालेको, अतिवृष्टि–अनावृष्टि हुने क्रम बढेको, हिमालमा हिउँ देखिन छाडेको लगायत समस्या देखिन थालेको अनुभव हुने गरेको नाम्चेका डा. लाक्पा शेर्पाको अनुभव छ।

मानव सिर्जित समस्या जस्तै प्राकृतिक स्रोतको अत्याधिक दोहन, ऊर्जाको अत्याधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोप लगायत कारण भइरहेको जलवायुमा परिवर्तनले मानवजीवनका हरेक क्षेत्रमा नकारात्मक असर पुर्याएको बताइन्छ। कम्तीमा पनि मानव सिर्जित समस्या कम गर्न सकिएमा जलवायु परिवर्तनले पार्ने असर न्यूनीकरण गर्न सकिने विज्ञहरु बताउँछन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परिरहेको प्रतिकूल असरप्रति कृषिविज्ञ एवम् प्राविधिकले चिन्ता व्यक्त गर्ने गरेका छन्। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad