४ वैशाख २०८१ मंगलबार
अन्य

घरमा आउने सामान्य समस्या | गाइड

पानी, विद्युतीय, ढल आदि जस्ता घरका विभिन्न प्रणालीहरुमा सही तालमेल नमिल्नाले केही अनावश्यक समस्याहरु आइ पर्न सक्छन। यी समस्याहरु नचाहे पनि बारम्बार आइ रहन्छन जसले गर्दा मानिसहरुको दैनिकीलाई अफ्ट्यारो पर्न जान्छ। यस्ता केही समस्याहरुको समाधानको ज्ञान रहनाले बारम्बार प्राविधिज्ञ बोलाइरहनु पर्दैन र केही पैसाको बचत पनि । तल यस्तै स-साना घरका समस्या र त्यसको समाधानको बारेमा जानकारी दिईएको छ :

 

विद्युतीय समस्या

 

घरमा सबै भन्दा धेरै देखा पर्ने समस्या नै विद्युतीय समस्याहरु हो। आज भोलि नेपालमा पहिले जस्तो धेरै लोडसेडिङ नभए पनि कहिले कही आफ्नै घरको प्राविधिक गडबडीले गर्दा अध्यारोमा बस्नु पर्ने हुनसक्छ। विद्युतीय मर्मतका लागि प्राविधिज्ञलाई बोलाउनु पर्छ। आफैले जानी नजानी चलाउन हुदैन।

विद्युतीय उपकरण र तारहरुलाई पानीको सम्पर्क भन्दा टाढा राख्नुपर्छ। घरमा सधै कम्तिमा एउटा इमर्जेन्सी लाइट हुनु राम्रो हुन्छ। लाइन गएको अवस्थामा विद्युतीय उपकरण जस्तै फोनको प्रयोग कम गर्नुपर्छ। पछि आपतकालीन अवस्थामा काम लाग्न सक्छ।  

 

पानीको पाइप फुट्नु

पानीको पाइप फुट्ने समस्या त हरेक घरधनीले भोगेकै कुरा हो। जाडो महिनामा झन् यस्तो किसिमको समस्या अत्यधिक मात्रामा देखिन्छ। पाइप फुटेर पानी लिक भएको थाह हुना साथ फुटेको पाइप कता छ भनि पत्ता लगाउनुहोस्। फुटेको पाइपको स्थान पत्ता लगईसके पछि पानीको मुख्य स्रोतलाई नै बन्द गरिदिनुहोस्।

पाइप थोरै मात्र फुटेको छ भने सो को मर्मत घरमा आफैले गर्न सकिन्छ जसबाट  पैसा पनि बच्छ। पानीलाई सिल गर्ने टेप बजारमा सजिलै किन्न पाइन्छ र तपाइको घरमा पनि त्यस्तो टेप हुनु आवश्यक छ। यदि पाइप धेरै नै फुटेको छ र घर मै मर्मत गर्न सम्भव छैन भने प्राविधिज्ञलाई नै जिम्मा दिनु राम्रो हुन्छ।

 

घर बाहिर लक हुनु

साचों घर भित्रै छुटेर कि त कतै हराएर आफ्नै घर / कोठाको बाहिर लक हुनु धेरैलाई परको छ। तपाई पनि कुनै न कुनै बेला त यस्तो समस्यामा पक्कै पनि पर्नुभयो होला। साचोंको २-३ ओटा नक्कल बनाउने गरौ। एउटा साचोंलाई आफ्नो दैनिक प्रयोग हुने झोलामा राखिदिनुहोस्।​​

नक्कल साचोंलाई घर बाहिर पट्टि लुकाएर राख्नु पनि उचित हुन्छ। घर / कोठाका छिमेकिहरु विश्वसनीय भएमा एउटा साचों दिदा पनि राम्रो हुन जान्छ। दुर्भाग्यवश आफ्नै घर बाहिर लक हुनुपरेमा ताला तोड्नुको अर्को कुनै विकल्प छैन।

 

शौचालय, ढल र पाइप जाम हुनु

यदि तपाईको घरको शौचालय र ढल जाम हुन्छ भने त्यो पक्कै पनि बाथरूमबाट बगेर गएका विभिन्न थरीका सामग्रीहरुले गर्दा हो। यस्तो हुन नदिन त बाथरूमलाई सफा राख्नु पर्छ र कपाल, प्याड, प्लास्टिक, कागज आदिलाई डस्टबिनमा हाल्नु । केही ठोस बस्तुले ढलको पाइप जाम गरेको छ भने कुनै एउटा लामो र बलियो रडले उक्त बस्तुलाइ हटाउन सकिन्छ।

यदि खानेकुराले गरेर जाम भएको हो भने चाहिँ भिनेगर र बेकिंग सोडालाइ पाइपमा हाल्न सकिन्छ। यसले उक्त खानेकुराको फोहरलाइ चाडै सढाउछ र उक्त फोहर पानीसंगै बगेर जान्छ। भिनेगर र बेकिंग सोडाको मात्रा भने सीमित हुनुपर्छ – धेरै भएमा पाइपलाई नै बिगार्न सक्छ।

 

पानी लिक हुने र छत चुहिने

घरमा पानी लिक हुनुलाई सामान्य रुपमै लिईन्छ किन कि यो सबैको घरमा बेला बेलामा भईरहन्छ। पानी लिक मुख्यत पाइप फुटेर हुने गर्छ। पाइप फुट्दा के गर्ने भन्ने कुराको बारेमा जानकारी माथि नै दिईएको छ। यस बाहेक घरको छत चर्केको, प्वाल परेको कारणले पनि वर्षाको समयमा पानी घर भित्र जान सक्छ।

पानी लिक हुने समस्याले घरका भित्ताहरु कमजोर बनाउदै जान्छन्। यसले घरका काष्ठ सज्जा, फर्निचर, कार्पेट आदि पनि बिगारी दिन्छ। पानीको लिकेजले मुख्यत: सट सर्किट हुने डर हुन्छ। घरमा पानी लिक हुने, छत चुहीने समस्या छ भने मर्मत गरिहाल्नु । पाइप मर्मतका लागि सिल टेप प्रयोग गर्न सकिन्छ भने छतको चुहावटको लागि चाहिँ विशेषज्ञ कै आवश्यकता पर्छ।

 

झ्याल-ढोका बिग्रने र फुट्ने समस्या

दिन कै पटक पटक प्रयोग गरिने झ्याल र ढोका घर कै सबैभन्दा महत्वपूर्ण कुरा हो। निरन्तर प्रयोग वा कुनै गल्तीबाट घरको झ्याल ढोका बिग्रने वा फुट्न सक्छन्। यदि ढोका बिग्रिएको छ र राम्रो संग लक हुदैन भने तुरुन्तै मर्मत गर्न तिर लाग्नुपर्छ। झ्याल-ढोका खोल्दा र लगाउदा आवाज बढी आउने समस्याको लागि झ्याल-ढोकाको कब्जामा जैतुनको तेल कि त अन्य कुनै तेल लगाउन सकिन्छ। ढोका जाम भएको खण्डमा चाहिँ ढोका फोड्नुको अर्को बिकल्प छैन। झ्याल टाइट छ भने चाहिँ झ्यलको पल्लाको सतहलाई मिलाउन सकिन्छ।

झ्यालको सिसा फुटेको छ भने सिसालाई उठाएर सुरक्षित स्थानमा राख्नुपर्छ। सफा गर्दा पन्जालप प्रयोग गर्नुपर्छ। नयाँ सिसा हाल्नलाई विशेषज्ञलाई बोलाउनु उचित हुन्छ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App