coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनकपुरमा होली भोलि मनाइने

जनकपुरधाम –  सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी(होली) जनकपुरधाम क्षेत्रमा भोलि मनाइने भएको छ । 

मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ। 

माध्यमिकी परिक्रमाको अन्तिम दिन आज लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा होरी भोलि मनाइने भएको हो ।पन्ध्रदिने परिक्रमा नेपालको १०८ किलोमिटर तथा भारतको २७ किलोमिटर पैदल यात्रामा लाखौँ साधु सन्त, गृहस्थ तथा श्रद्धालुको सहभागिता थियो। 

मिथिला माध्यमिकी परिक्रमालाई नेपाल भारतको सांस्कृतिक सेतु पनि मानिएको छ। सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारत गरी दुई चिरामा विभाजित गरे पनि नेपाल र भारत मैत्रीको प्रतीक मिथिला परिक्रमामा भने कुनै आँच आएको छैन। 

यो धार्मिक यात्राबाट सतकर्म, पाप तथा अन्य कष्टबाट मुक्ति पाउनाका साथै मनोकाञ्छित फल प्राप्त हुने जनविश्वास छ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App