coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिनको नयाँ कार्यकालमा वातावरण संरक्षण

मस्को ; रसियाले आगामी केही वर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

यही मार्चमा हुन गइरहेको रसियाली राष्ट्रपतिको निर्वाचनको सिलसिलामा देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, ‘मलाई रसियाली जनताले पुनः एक पटक राष्ट्रपतिका रूपमा निर्वाचित गरेमा मैले आगामी केही वर्ष देशको वातावरण संरक्षणका लागि काम गर्न काम गर्नेछु ।’मार्चमा हुने निर्वाचन यदि पुटिनको पक्षमा नै आएमा उनी आगामी सन् २०२४ सम्म रसियाको राष्ट्रपति बन्नुहुनेछ।

निर्वाचनबारे लिइएका प्राय सर्वेक्षणले आगामी निर्वाचनमा पनि पुटिनले दुई तिहाई मतका विजय हुने देखाएका छन् ।‘दशौं लाख रसियालीहरूले मापदण्ड अनुसार सफा तथा शुद्ध पिउने पानी पिउन नपाइरहेका समय अहिले दीर्घ तथा स्वस्थ जीवनका विषयमा कुरा गर्न कठिन छ । हामीलाई औद्योगिक प्रदूषणका कारण वातावरणीय मापदण्डलाई सम्बोधन गर्न समस्या भइरहेको छ । मलाई रसियाली जनताले अर्को कार्यकालका लागि निर्वाचित गरेमा यसलाई वातावरण सुधारका प्रयोग गर्नेछु,’ पुटिनले भनेका छन्।

उहाँले आगामी २०१९ देखि २०२१ लाई वातावरणलाई विश्व श्वास्थ्य संगठनले दिएको सीमामा ल्याउन भरपुर प्रयोग गर्ने बताउनुभयो ।रसियामा वातावरण संरक्षणको मुद्दा उठाउने संरक्षणविद्लाई कि त निरुत्सायित वा जेल सजाय हुने गरेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाउँदै आएका छन्।
 

प्रकाशित: १८ फाल्गुन २०७४ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App