८ वैशाख २०८१ शनिबार
खेल

नेइमारको शल्यक्रिया शुक्रबार

रियो दी जेनेरियो– पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार नेइमारले ब्राजिलको बेलो होरिजोन्टेस्थित माटर डेई अस्पतालमा बिहीबार (नेपाली समयअनुसार शुक्रबार) शल्यक्रिया गर्नुपर्ने भएको ब्राजिली सञ्चारमाध्यमहरूले जनाएका छन्।

समाचारमा जनाइएअनुसार नेइमारसँगै उनका पिता तथा एजेन्ट नेइमार सिनियर र ब्राजिली राष्ट्रिय टोलीका डाक्टर रोडरिगो लास्मार बुधबारै पेरिसबाट बेलो होरिजोन्टे प्रस्थान गरिसकेका छन् । बेलो होरिजोन्टेमा बिहीबार नेइमारको शल्यक्रिया गर्नका लागि सबै तयारी भइसकेको ओ ग्लोबो पत्रिकाले जनाएको छ । अर्को फुटबल वेभसाइट युओएलले भने आइतबार उनको शल्यक्रिया हुने दाबी गरेको छ।

आइतबार फ्रान्सेली लिग वानअन्तर्गत ओलम्पिक डी मार्सेमाथि ३–० को जित हासिल गर्दा नेइमार घाइते भएका थिए । उनको कुर्कुच्चाको हाड भाँचिएको थियो । जसका कारण उनले क्लबका लागि जारी सिजनका बाँकी खेल खेल्न नसक्ने सम्भावना बढेर गएको छ । ब्राजिली राष्ट्रिय टिम भने जुनमा रूसमा सुरु हुने विश्वकपका लागि आफ्नो टोलीका सुपरस्टारलाई समयमै ठीक पार्न चाहन्छ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App