coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

न्यून बिजकीकरण रोक्न खोज्दा समस्या

वीरगन्ज भन्सारमा अायातित सामान। तस्विर:: नागिरक

विराटनगर – सामान आयातमा न्यून बिजकीकरण गरी भन्सार छल्दै आएका उद्योगी, व्यवसायीलाई भन्सार बिन्दुमा कडाइ गर्न थालेपछि व्यापारीले सरकारलाई सन्दर्भ मूल्य लागू गर्न खोजेको आरोप लगाएका छन्।

अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त भएलगत्तै अर्थ मन्त्रालयका उच्च अधिकारीहरुको सल्लाहमा भन्सार जाँचपासमा कडाइ गर्ने नीति ल्याएपछि ‘सन्दर्भ मूल्य’ लागू गरिएको हवाला दिँदै व्यवसायीले तीन दिनदेखि भन्सारमा समस्या आएकोे बताएका छन् ।

अर्थ स्रोतका अनुसार व्यवसायीले ड्राफ्ट र टिटीका माध्यमबाट आयात गरेका सामानको मूल्य आधिकारिक नहुने भएकाले एलसीमार्फत हुने कारोबारलाई प्रोत्साहन दिन भन्सार बिन्दुमा कडाइ गर्न सुरु गरिएको हो । मुलुकका अधिकांश व्यवसायीले लामो समयदेखि सामान आयातमा न्यून बिजकीकरण गरी भन्सारलगायत राजस्व छल्दै आएका छन् । भन्सार बिन्दुमा गरिने राजस्व ठगीको यही असरका कारण बजारमा बिलबिजक जारी नहुने अवस्था आएको र सँगै भ्याट र आयकरसमेत छली हुँदै आएको छ । त्यसो त मुलुकको कुल व्यापारको ४० प्रतिशतभन्दा बढी हिस्सा अवैध रहेको बताइँदै आएको छ।

नेपाल उद्योग वाणीज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतका अनुसार भन्सारले डाटाबेस (सन्दर्भ मूल्य) का आधारमा जा“चपास गर्न थालेपछि आयातमा समस्या देखिएको बताए । उनका अनुसार सन्दर्भ मूल्य अनुसार सामान आयात हुु“दा कुुनै समस्या देखिएको छैन । सन्दर्भ मूल्यभन्दा कममा आयात हुँदा समस्या देखिएको छ । सरकारले कुनै पनि सामानको सन्दर्भ मूल्य वास्तविकभन्दा तल राख्ने गरेको छ । यसैले यो समस्या भन्सार छल्ने नियत राखेका व्यवसायीका लागि मात्र हो ।

व्यवसायी राउतकै भनाइ अनुसार पनि सन्दर्भ मूल्य बराबर सामानको मूल्य घोषणा गर्ने व्यवसायीलाई केही समस्या छैन ।भन्सारले जाँचपासमा कडाइ गर्न थालेपछि भन्सारमा केही सामान रोकिएको राउतले जानकारी दिए । ‘भन्सारले खरिद मूल्यलाई मान्यता नदिँदा सामान आयातमा समस्या देखिएको छ,’ राउतले भने  । उनका अनुसार भन्सारमा एमआरएफ कम्पनीले उत्पादन गरेका टायर लगायत केही  सामान आयातमा समस्या देखिएको छ । त्यस्ता सामान भन्सारमै रोकिएको राउतले बताए।

उनले भारतलगायत तेस्रो मुलुकबाट आयात गरिएका वस्तुमा खरिद मूल्यलाई मान्यता दिन माग पनि गरे । उनका अनुसार कारोबार मूल्यमै भन्सार लाग्ने अन्तर्राष्ट्रिय अभ्यास हो । यदि भन्सारलाई शंका लागेमा बरु पोस्ट क्लियरेन्स अडिटमार्फत आयात गरिएका वस्तुको अनुसन्धान गर्न उनले आग्रह गरे ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार सुरुका तीन दिन केही अन्योल भए पनि बुधबारदेखि एलसीमार्फत आएका सामान खरिद मूल्यमै छाड्ने व्यवस्था मिलाइएको छ । एलसीमार्फत खरिद गरिएको सामान खरिद मूल्यमै छाडिए पनि ड्राफ्ट, टिटीमार्फत आयात गरिएका सामानमा अहिले पनि समस्या छ । परासरले भने, ‘एलसी खोलेर गरिएको आयातमा समस्या हटे पनि अन्य माध्यमबाट आयात गरिएका सामानमा अझै समस्या यथावत छ ।’

विराटनगर भन्सारका प्रवक्ता सुशील थापाले भन्सारमा कुनै समस्या नरहेको दाबी गरे । थापाले भने, ‘आयातकर्तालाई केही मिस अन्डरस्ट्यान्डिङ भएको होला भन्सारमा कुनै समस्या छैन ।’ उनले एलसीमार्फत सामान आयातमा प्रोत्साहित गर्न मात्रै खोजिएको स्पष्ट पारे । थापाले भने, ‘ड्राफ्ट र टिटीलाई निरुत्साहित गर्दै एलसीमार्फत गरिने आयातलाई प्रोत्साहन गर्ने योजना कार्यान्वयनमा ल्याउन लागिएको हो ।’ उनले टिटी, ड्राफ्टमार्फत आयात गरिएका सामानको मूल्य आधिकारिक प्रमाणित नहुने भएकाले भन्सारले कडाइ गर्न थालेको बताए।

प्रकाशित: १८ फाल्गुन २०७४ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App