coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं– महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाबाट शिक्षा क्षेत्रमा सहयोग गरेको जनाएको छ । बैंकको मनहरी शाखाले राष्ट्रिय उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययरत जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृत्ति स्वरुप १५ हजार रुपैयाँ प्रदान गरेको छ।

रकम हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शालिकराम बानियाँ, विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेल, मनहरी गाउँपालिका, वडा नं. ७ का अध्यक्ष ठाकुरराम तितुङ, मनहरी गाउँपालिका वडा नं. ७ का सदस्य, शेखर बर्तौलाको समेत उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष बानियाँले समाजप्रति बैंकले दायित्वबोध गरी चालेको कदम स्वागतयोग्य रहेको बताएका थिए।

त्यसैगरी, बैंकको नारायणगढ, सहिदचोक शाखाले देवघाटधामस्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदांग विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । सो कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिजी महाराजले बैंकको यो सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै हरेक व्यावसायिक संस्थाहरुले महालक्ष्मीले प्रस्तुत गरेको उदाहरण अनुकरण गर्नुपर्ने बताएका थिए।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App