coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ब्राजिल र जर्मनी फाइनलमा प्रवेश

रियो दि जेनेरियो –आयोजक ब्राजिल र जर्मनी  रियो ओलम्पिक–२०१६ अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेका छन्। आज बिहान सम्पन्न एकतर्फी खेलमा ब्राजिलले हान्डुरसलाई ६–० गोल अन्तरले पराजित गर्दा जर्मनीले नाइजेरियालाई २–० गोलले पराजित गर्दै फाइनलको यात्रा पक्का गरेका हुन्।

ब्राजिलको जितमा नेइमार र ग्याब्रियल जिससले समान दुई दुई गोल गर्दा ग्याब्रियल लुवान र मार्किन्होले समान एक एक गोल गरेका थिए ।  नेइमारले खेल सुरु भएको १४ सेकेण्डमै गरेको गोल ओलम्पिकमा नयाँ  इतिहास बनाएका छन् । त्यस्तै जर्मनीले नाइजेरियालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो ।

प्रकाशित: २ भाद्र २०७३ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App