८ वैशाख २०८१ शनिबार
राजनीति

युवा संघका अध्यक्ष पहारीलाई निमोनिया, उपचार हुँदै

काठमाडौं – नेकपा (एमाले) निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहारी विरामी भई उपचाररत छन्।

बुधबार साँझ एक्कासी अस्वस्थ भएका अध्यक्ष पहारीको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको संघका महासचिव किरण पौडेलले जानकारी दिए। पहारीलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

उनलाई केही दिनसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने चिकित्सकको सुझाव रहेको महासचिव पौडेलले बताए। 

कास्कीबाट प्रदेशसभा सदस्यमा निर्वाचित पहारीको चिकित्सक डा रामनारायण शाह र डा नीरज नेपालले उपचार गरिरहेका छन्।  

प्रकाशित: १७ फाल्गुन २०७४ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App