६ वैशाख २०८१ बिहीबार
समाज

जाजरकोटमा ९ थान बन्दुक बरामद

जाजरकोट - जाजरकोटमा प्रहरीले ९  थान वन्दुक र ३१ राउन्ड  गोली बरामद गरेको छ। जिल्लाको  जुनीचाँदे गाउँपालिका ११ कोर्तांगमा  स्थानीयको घरमा लुकाइरहेको अवस्थामा  प्रहरीले उक्त हतियारहरु बरामद गरेको हो।  जिल्ला प्रहरी  कार्यालयका अनुसार  जुनीचाँदे गाउँपालिका ११ कोर्तांग निवासी चन्द्रवहादुर शाही र उनका छोरा नेत्रवहादुर शाहीको  घरमा  लुकाइ रहेको  अवस्थमा  भरुवा वन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुइ नाले एक थान, बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो ठूलो गरि  ३ थान  तथा  गोली बरामद गरेको छ।

 शाहीको घरमा बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा  खानतलासी गर्दा  उक्त हतियार र गोली एवम  जंगली जनावरका छाला अंगहरुसमेत  बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले बताए।  उनका अनुसार  प्रहरीले हतियारसंगै  ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थ समेत बरामद गरेको छ। प्रहरीका अनुसार  ८ थान डेटोनेटर, पटकामा प्रयोग गरिने  केप १५ वटटा,२ केजी बारुद र जंगली जनावरको छाला ३ थान, सिङ  ११ थान र नंङ र दाँत २२ थान पनि बरामद गरिएको  छ।  शाहीका बावु छोरा दुवैलाइ प्रहरी नियन्त्रणमा राखेर  हात हतियार तथा खरखजना अन्तर्गतको मुद्दा चलाउने तयारी  गरिएको  प्रहरी प्रमुख रिमालले बताए। उनले गाउँमा हतियार अरु पनि भेटिन सक्ने भएकोले प्रहरी सर्तकता र गतिविधि बढाइएको बताए। विगतमा पनि जाजरकोटमा  ठूलो मात्रामा  माओवादी युद्धका बेला  प्रयोग भएका  हतियारहरु भेटिएका थिए।  गाउँमा हतियार भेटिएपछि  युद्धका वेला प्रयोग भएका  हतियारहरु  अरु पनि हुन सक्ने अनुमान गरेको छ। हतियार भेटिएको स्थानमा  विशेष अप्रेसन चलाएर अन्य हतियारको खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १७ फाल्गुन २०७४ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App