होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु

बिहिबार, १७ फागुन २०७४, १६ : ५५ सन्तोष पोखरेल

पोखरा- होली खेल्नेक्रममा एकजना बालकको घरको छतबाट खसेर मृत्यु भएको छ। घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको छतबाट खसेर घाइते भएका रेग्मीलाई सुरुमा फिस्टेल हस्पिटलमा उपचारका लागि लगिएको थियो । टाउकोमा गम्भिर चोट लागेका उनको उपचारको क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ‘होली खेल्ने क्रममा आफ्नै घरको दुईतला माथीबाट खस्दा रेग्मीको टाउकोमा चोट लागेको थियो,’ उनले भने, ‘उपचारको क्रममा मृत्यु भयो । हामीले होली खेल्दा सचेत हुन आग्रह गर्दागर्दै घटना भयो।’

बिहानतिर घरको छतबाट लोला हान्दै गर्दा रेग्मी भुइमा बजारिन पुगेको उनले बताए। ‘बालबच्चाले कसरी होलीमा मनोरञ्जन गरेका छन् भनेर अभिभावकले सचेतना अपनाउनु पर्दथ्यो । हामीले सक्दो सचेतनाका कार्यक्रम गरेका हौ,’ खत्रीले भने, ‘तर, अभिभावकले बेवास्ता गर्दा बालकको ज्यान गयो । यसले हामीलाई पनि खिन्न बनाएको छ।’ प्रहरीले लोला हान्दा र रंग खेल्दा बिशेष सचेत अपनाउन भन्दै बुधबार नै जानकारी गराएको थियो ।

खत्रीका अनुसार होलीमा होहल्ला गर्ने ४ महिला सहित ३३ जना युवक पनि पोखराका विभिन्न ठाउँबाट पक्राउ परेका छन् । होहल्ला गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको र सामान्य सचेत गराएर छाड्ने पनि उनले बताए। ‘अघिल्लो वर्षभन्दा यो पठक केही सचेत देखियो । हामीले पनि कडाई गरेका थियौं’ उनले भने।

पर्यटकीय क्षेत्र लेकसाइडमा होलीमा विशेष भीड लागेको उनले बताए । सहरमा रमाएर लेकसाइड पुग्दा भीड हुने गरेको छ । लेकसाइडमा पर्यटन व्यावसायीले विशेष मनोरञ्जन सहित होली पर्व मनाउने र त्यसमा विदेशी पाहुना पनि सहभागि हुनेहुँदा लेकसाइड होलिमय हुने गरेको छ। त्यही मनोरञ्जनमा मिसिन सहरबाट युवायुवती लेकसाइड पुग्दा भीढ बढ्ने गरेको उनले बताए।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad