coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आफ्नै श्रीमान् मार्न २५ हजारमा ‘सुपारी’

वीरगन्ज- श्रीमतिको योजनामा श्रीमानमाथी गोली प्रहार भएको घट्ना वीरगन्जमा खुलासा भएको छ। श्रीमान विदेश गएको बेला श्रीमतिले अर्कै पुरुषसँग सम्बन्ध गाँसेपछि आफ्नो प्रेमीसंग मिलेर हत्या गराउने तानाबाना बुनेको घट्नाको प्रहरीले बिहीवार खुलासा गरेको हो।

होलीको पूर्वसन्ध्यामा बुधबार राति साढे ९ बजे वीरगन्जको श्रीपुरस्थित भारतीय महावाणिज्य कार्यालय पछाडीको गल्लीमा ३२ वर्षीय उमेशप्रसाद चौरसिया उपर गोली प्रहार भयो। प्रहरीले अनुसन्धान गर्दै जाँदा गोली प्रहारबाट घाइते चौरसिया कि श्रमिति कै योजनामा र अन्य ३ जनाको संलग्नतामा घटना भएको खुलेको हो। 

‘यो यिनकै मार्मिक घटनाको हो, अलिक आश्चर्यजनक लाग्न सक्ने,’ पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले भने ‘अनुसन्धानमा सफलताको हिसाबले हाम्रो लागि भने यो एउटा सफल मुद्दा हो, ६ घण्टाभित्र यसमा संलग्न सबै जनालाई पक्राउ र प्रयोग भएको हतियार अनि गोलीको खोका समेत बरामद गर्न सकेका छौं।’

पर्साको विन्दवासनी गाउँपालिका झौवागुठी घर भई वीरगन्ज महानगपालिका–१० रानीघाट बस्दै आएका चौरासियाको ३ बर्ष अगाडी प्रियांकासंग धुमधामसाँथ बिवाह भएको थियो । विवाहभन्दा ७ बर्ष अगाडिदेखी रोजगारको सिलसिलामा उनी दुबई बस्दै आएका थिए। यता विवाहको केही समयपिछ उनी फेरी आफ्नो रोजगारीतिर लागे। श्रीमतिलाई प्राविधिक शिक्षा दिने भनेर एएनएम पढाउन लागेका थिए । चौरसिया विदेश हुँदा श्रीमतिको सम्बन्ध वीरगन्जको ओपोलो ट्रामा सेन्टरमा काम गर्ने बिकेन्द्रकुमार गुप्तासंग गाँसियो। हाल चौरसिया फर्केर वीरगन्ज आउँदा प्रियंका र उनका प्रेमीले आफ्नो सम्बन्धमा खलल हुने ठानेर हत्याको योजना बनाएको प्रहरीको ठम्याई छ। ‘प्रियंका र प्रेमी बिकेन्द्रले आँफुहरुको सम्बन्धलाई लामो समय राखिराख्न यस्तो योजना बनाएको उनीहरुले बयानमा स्विकारिसकेका छन्,’ प्रहरी उपरीक्षक रेग्मीले  भने।

२५ हजारमा ‘सुपारी’

बिकेन्द्रले हत्याको योजना कार्यन्यवन गर्न पारवानीपुर घर भएका २७ बर्षे मनोज गुप्तालाई जिम्मा दिदै अग्रीम रु २५ हजार दिएको प्रहरी अनुसन्धानमा खुलेको छ । गुप्ताले ११ हजार रुपैयामा १२ बोरको गोली लाग्ने नलकटुवा बन्दुक किनेको स्विकारेका छन् । उनलाई बन्दुक बेंच्ने ब्यक्तिको बिवरण अहिले खुलाउन नसकिने प्रहरी उपरीक्षक रेग्मीले बताए । ‘हामीले अहिले नियन्त्रणमा लिन बाकी रहेको बन्दुक बेच्ने ब्यक्ति मात्र हो, चाँडै त्यसमा पनि सफलता मिल्ने छ ।’ सुपारी लिएका मजनोजले सहयोगिको रुपमा वीरगन्ज १२ मुर्ली घर भएका मुन्ना साह कानुलाई यसमा सामेल गराए ।

चौरसिया कामको सिलसिलामा भौरहवा पुगी फर्किन लागेको सबै कुरा श्रीमलिाई थाहा थियो । उनी फोनमा सम्पर्कमा थिइन । घरतिर आउँदै गरेका चौरसियाको अवस्था जानकारी पाएपछि योजना अनुसार बिकेन्द्रको ना ३४ प १०३ नम्बरको मोटरसाइकलमा चढी पछ्याउदै गरेका मनोज र मुन्नाले कोखमा टसाएर गोली हान्न भ्याए । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि घाइते चौरसियालाई काठमाडौंको वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

घाइते चौरसियासंगै गएकी श्रीमति प्रियांकालाई प्रहरीले काठमाडौंबाट झिकाएर नियन्त्रणमा लिएको हो । घाइते चौरसियाको दाहिने कोखामा गोली लागेको छ । आन्तरिक रक्तस्राव देखिएपछि अवस्था जटिल भएको निष्कर्ष सहित थप उपचारका लागि पठाइएको चिकित्सकले बताए। गोली लागेको ठाउँमा एक्सरेमा छर्राहरु देखिएको छ।

सिसिटिभी क्यामराले अनुसन्धानमा सघाउ

घटनाको ६ घण्टा निबित्दै यसमा संलग्न रहेकाहरुलाई पक्राउ गर्न सक्नेमा सार्वजनिक ठाउँमा जडान भएको सिसिटिभी क्यामराबाट निकै मद्दत मिलेको प्रहरीले जनाएको छ । चौरसिया पैदलै आफ्नो घरतिर जाने गल्लीमा पसेको सिसिटिभी फुटेजमा देखिएको छ। त्यसलगतै ना ३४ प १०३ नम्बरको मोटरसाइकल २ जना चढेर भित्र पसेको देखिएको छ । त्यसपछिको समयमा घटना भएको छ।

प्रहरीले सबभन्दा पहिले मोटरसाइकल धनी बिकेन्द्रलाई समातेर सोधपुछ गरेपछि एक एक गरी सबै पात्रहरुको खुलासा हुँदै गयो । ‘सिसिटिभी क्यामरा नभएको भए यसको अनुसन्धानमा समय लाग्न सक्थ्यो,’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘क्यामराको फुटेजले हामीलाई अनुसन्धानमा सघाएको छ । जिल्ला प्रहरी कार्यालयले घट्नामा संलग्न सबै जनालाई बिहीवार सार्वजनिक गरेको छ।

प्रकाशित: १७ फाल्गुन २०७४ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App