coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विद्यार्थीलाई धम्कीपूर्ण कारबाही नगर्न प्रधानमन्त्रीको आग्रह

क्यानबेरा – अष्ट्रेलियाली प्रधानमन्त्री मालकोम टर्नबुलले अष्ट्रेलियाका सबै विद्यालयका प्राचार्यहरुलाई विद्यालयका छात्रछात्राहरुलाई शिक्षणका क्रममा कुनै पनि धम्कीपुर्ण कारबाही नगर्न आग्रह गरेका छन्।

उनले देशका सबै विद्यालयका प्राचार्यहरुलाई व्यक्तिगत रुपमा नै पत्र लेखेर यस्तो आग्रह गरेको अष्ट्रेलियाली प्रधानमन्त्रीको कार्यालयले बताएको छ।

प्रधानमन्त्री टर्नबुलले कुनै पनि विद्यार्थीमाथि यस्ता कुनै क्रियाकलापहरु नगर्न आग्रहगर्दै उनीहरुमाथि भइरहेका धाकधम्कीपूर्ण कारबाहीका विरुद्धमा सघाउन पनि आग्रह गरेको समाचारमा जनाइएको छ।

यस्तै कारबाहीका कारण यहाँका एकजना १४ वर्षीय विद्यार्थीले आत्महत्या गरेको समाचार हालैमात्र सार्वजनिक भएको थियो।

उक्त आत्महत्याका कारण आफू निकै स्तब्ध भएको भन्दै उनले अब देशले साना बालबालिकामाथि गर्ने यस्ता कारबाहीका विरुद्धमा कार्यक्रम नै सञ्चालन गर्ने जनाएका छन्।

उनले विद्यालयका प्राचार्यहरुलाई लेखेको पत्रमा आगामी मार्च १६ मा विद्यालयमा हुने यस्ता धाकधम्कीपूर्ण कारबाहीविरुद्धको दिवस मनाउने तयारी सरकारले गरेको भन्दै यसमा सघाउन पनि उनले आग्रह गरेका छन्।

गत जनवरीमा १४ वर्षीय एभरेट नामका विद्यार्थीले आत्महत्या गरेका थिए। सो घटनाले देशभर नै यस्ता क्रियाकलापहरुका विरुद्धमा सरकारले विशेष कदम चाल्नुपर्ने दबाब उत्पन्न भएको थियो।

प्रधानमन्त्री टर्नबुलले प्राचार्यलाई लेखेको सो पत्रमा बालबालिकालाई शिक्षणका लागि अपनाउनुपर्ने अन्य विभिन्न सिर्जनात्मक विधिहरु पनि सुझाएका छन्।

बालबालिकालाई धाकधम्कीपूर्ण कारबाहीका विरुद्धमा सबै विद्यालय र शिक्षकलाई यी विधिहरु अपनाउन भनिएको छ।

आगामी मार्च १६ मा मनाउन लागिएको सो दिवसमा सहभागिताका लागि देशभरिका दुई हजार ३०० विद्यालयका करिब दश लाख बालबालिकाले सहमति जनाएका बताइएको छ।

यस्ता क्रियाकलापहरुबाट विद्यालयलाई कसरी मुक्तगर्ने भन्ने विषयमा उक्त दिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी पनि दिइएको छ।

यस्ता क्रियाकलापहरुविरुद्धको विश्व निर्माणमा उक्त दिवसले सहयोग पु¥याउने अपेक्षा अष्ट्रेलियाली सरकारले गरेको बताइएको छ।

प्रकाशित: १७ फाल्गुन २०७४ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App