coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उजुरी छिन्दै न्यायिक समिति

न्यायिक समितिले उजुरी उपर गरेको निर्णयको प्रतिलिपी। तस्बिर/नागरिक

जुम्ला – यसै साता गोठिचौर ४ बस्ने लाले कामीले २ किस्तामा भुक्तानी गर्ने भनि लिएको रकम फिर्ता नगरेको भन्दै देउती आमा समूहले गोठिचौर गाउँपालिका स्थित न्यायिक समिति समक्ष उजुरी हाल्यो। तत्काल रकम उपलब्ध गराई आमा समूहको उन्नती प्रगतिमा सहयोग गर्न भन्दै उजुरी दिएको थियोे। उजुरीको मिसल अध्ययनको लागि कानुनी सल्लाहकार देवेन्द्रराज शर्मालाई पठाईसकिएको न्याय समितिका संयोजक जानदेवी ऐडीले जानकारी दिईन।

न्यायिक समितिमा घरेलु हिंसा सम्बन्धीको उजुरी परेका छन, गाली बेईजतिका उजुरी परेका छन, उनले थपिन, घटनाको प्रकृति हेरेर मिलापत्र वा सजाय गर्ने भन्ने बिषयमा छलफल भईरहेको छ।

गोठिचौर गाउँपालिका ३ का जयबहादुर बुढाले मदिरा सेवन गरि गाली वेईजति गरेको भन्दै न्यायिक समितिमा एक हप्ता अघि उजुरी परेको छ। कार्यकारी अधिकृत केशबराज शर्मा उजुरी उपर मिलापत्रको कार्य  अघि बढेको बताउँछन। अहिले गोठिचौर गाउँपालिकाले न्यायिक समिति गठन गरेसंगै स–साना उजुरी आइरहेका छन। उनले भने गाउँपालिकामा आउने जस्तो प्रकारको उजुरीमा छलफल बहस हुँदै आएको छ,फैसला गर्न नमिल्ने निवेदनलाई जिल्ला अदालतमा पठाउने तयारी भइरहेको छ। तर अहिले सम्म साधारण बाहेक जटिल प्रकारका उजुरी परेका छैनन्।

न्यायिक समितिमा गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडी संयोजक, श्रीकृष्ण कामी र स्यानु भण्डारी सदस्य छन। खरिदार धर्मराज रावललाई न्याय शाखामा जिम्मेवारी प्रदान गर्दै न्यायिक समितिलाई सहयोग गर्नका लागि खटाइएको छ। गत कार्तिक महिनामै न्यायिक समिति गठन भईसकेको थियो। अहिले सम्म न्यायिक समितिकोे ८ वटा बैठक बसिसकेको छ। प्रत्येक महिनाको ८ गते नियमित वैठक तोकेका छौ, न्यायिक समिति संयोजक ऐडीले भनिन,आवश्यकता अनुसार महिनामा दुई तीन बैठक पनि बस्दै आएका छौ। न्यायिक समितिको काम कर्तव्य र अधिकारका बारेमा सदस्यलाई पटक पटक सहजिकरण गर्दै आईरहेको गुठिचौर गाँउपालिका कार्यालय जुम्लाले जनाएको छ।

पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय जुम्लामा परेको गाउँपालिकामा पठाएर उजुरीको फैसला हुने गरेको छ।  कर्णाली प्रदेशमै पहिलो न्यायिक समिति गठन गुठिचौर गाविसमा भएको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी दावी गर्छन। सजिलो प्रकारका उजुरी माथि न्यायिक समितिले फैसला गर्दै आएपनि जटिल प्रकारका उजुरी उपर कार्यपालिकामा छलफल भएर न्याय सम्पादन हुने गरेको छ।  

गोठिचौर गाउँपालिकामा न्यायिक समितिले न्याय सम्पादनका काम अघि बढाइरहेको बेला जुम्लाका अन्य गाउँपालिकामा न्याय समिती गठन हुन सकेको छैन। न्यायिक समिती नहुदा प्रहरी चौकीमा उजुरी उपर कार्वाही गर्ने काम चलिरहेको छ। कतिपय गाउँपालिकामा न्यायिक समिती नहुदा उजुरी परेका छैनन। न्यायिक समिति गठन भए संगै काम गर्न निकै सहज भईरहेको संयोजक ऐडिले जानकारी दिईन।

न्याय दिलाउनका लागि जनप्रतिनिधी, कर्मचारी सबैले सहयोग गरेका छन। कतिपय उजुरी छिन्दै गर्दा असुरक्षाको महशुस हुने भएकोले सुरक्षाको  प्रत्याभुति दिलाईदिन आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले न्याय सम्पादका क्रममा आउने जस्तो सुकै जटिलतालाई पन्छाउनको लागि सदैव तयार रहेको बताए।

प्रकाशित: १७ फाल्गुन २०७४ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App