८ वैशाख २०८१ शनिबार
खेल

टोटेनह्याम एफए कपको क्वाटरफाइनलमा, फर्नान्डो लोरेन्तेको ह्याट्रिक

इङ्ल्याण्ड – फर्नाण्डो लोरेन्टको ह्याट्रिकको मद्दतमा तेस्रो डिभिजनको क्लब डिभिरोचडेललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै टोटेनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति वेम्बले रंगशालामा सम्पन्न रि प्ले खेलमा टोटेनह्यामका लागि लोरेन्टले खेलको ४७, ५३ र ६९ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे। त्यस्तै सन हिउङ मिनले २३ र ६५ तथा केल वाकर पिटर्सले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए। पराजित टोलीका लागि हुमफ्रिसले रोचडेले एक गोल फर्काए।

बिजयी टोटेनह्यामले अब क्वाटरफाईनलमा स्वान्सी सिटीसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनल खेलहरु मार्च १७ तारिखमा सुरु हुने छ।

प्रकाशित: १७ फाल्गुन २०७४ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App