coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिरिया नरसंहारको विरोधमा र्‍याली

 

सप्तरी- सिरियामा भएको नरसंहारको विरोधमा बुधबार राजविराजमा र्‍याली तथा मैनबत्ती प्रज्वलन गरिएको छ।

राजविराज नगर बाल सञ्जाल र सप्तरी युथ नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा बालबालिका तथा युवाले जिल्ला खानेपानी कार्यालयदेखि नगर परिक्रमा गरी स्थानीयवासी गजेन्द्र चाेकमा मैनबत्ती प्रज्वलन गरेको छ । बालबालिका मार्न पाइँदैन, हत्याहिंसा बन्द गर, सिरिया हिंसाविरुद्ध आवाज उठाऔँ लगायतका नारा लेखिएका ब्यानर र पोष्टर लिई नगरको परिक्रमा गरिएको थियो।

सिरिया आतंकमा ज्यान गुमाएका १५० बालबालिकासहित ५०० भन्दा बढी सिरियाली नागरिकको मृत्यु भएको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो । कार्यक्रममा क्लिन काठमाडौँका संयोजक केपी खनाल, राजविराज नगरपालिकाका उप–प्रमुख साधना झा, राजविराज नगर बाल सञ्जालका अध्यक्ष मो जकाउल्ला र सप्तरी युथ नेपालका विष्णु यादवले मन्तव्य व्यक्त गरेका थिए।रासस
 

प्रकाशित: १७ फाल्गुन २०७४ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App