७ वैशाख २०८१ शुक्रबार
खेल

स्टोक्सको पुनरागमन सुखद

वेलिङ्टन – अलराउन्डर बेन स्टोक्सले राष्ट्रिय टोलीमा पुनरागमन सुखद बनाउँदै उत्कृष्ट प्रदर्शन गरेपछि इङ्ल्यान्डले बुधबार न्युजिल्यान्डमाथि ६ विकेटको सहज जित हात पारेको छ।

पाँच महिनाअघि एक रात्रि क्लबमा भएको घटनामा संलग्न भएको भन्दै निलम्बनमा परेका स्टोक्स दुई साताअघि अदालतले सफाइ दिएपछि राष्ट्रिय टोलीमा फर्किएका थिए । निलम्बनमा परेसँगै स्टोक्सले अस्ट्रेलियाविरुद्धको एसेज शृंखला गुमाउनुका साथै अस्ट्रेलिया र न्युजिल्यान्ड सम्मिलित क्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला समेत गुमाएका थिए।

स्टोक्सले ८ ओभरमा ४२ रन खर्चंदै २ विकेट लिनुका साथै अविजित ६३ रन जोडेपछि इङ्ल्यान्डले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पूरा ग¥यो।

‘लामो समयको  अनुपस्थितिपछि टोलीमा फर्कंदै सहज नतिजामा मद्दत पु¥याउनु सुखद हो,’ जितसँगै पाँच एकदिवसीय खेलको शृंखला १–१ मा बराबरीमा ल्याएपछि स्टोक्सले भने, ‘आशा छ यो लयले शृंखलाका बाँकी खेलमा पनि निरन्तरता पाउनेछ।’
‘स्टोक्सको उपस्थितिले टोलीमा ऊर्जा थपेको छ,’ इङ्ल्यान्डका कप्तान इयोन मोर्गानले भने, ‘उनी लयमा फर्कनु सुखद पक्ष हो।’
तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ओपनर जेसन रोय र जो रुटलाई क्रमश ८ र ९ रनमा पवेलियनको बाटो देखाएपछि इङ्ल्यान्डको इनिङ सुरुमै धरमराएको थियो । रोयलाई मिचेल सान्टनरबाट क्याच गराएका बोल्टले रुटलाई कोलिन डी ग्रान्डहोमबाट क्याच गराए । तर ८६–३ को स्थितिमा ब्याटिङका लागि आएका स्टोक्सले मोर्गानसँग चौथो विकेटका  लागि ८८ रनको साझेदारी गर्दै टोलीलाई सहज जिततर्फ डोे¥याएका थिए।

७४  बल खेलेका स्टोक्सले ७ चौका र १ छक्का प्रहार गर्दा ६३ बलको सामना गरेका मोर्गानले ६ चौका र ३ छक्काको मद्दतमा ६२ रन जोडे। त्यस्तैे ओपनर जोनी बेयरस्टोले  ३७ र विकेटकिपर जोस बट्लरले अविजित ३६ रन जोडे । ३९ बलको सामना गरेका बेयरस्टोले ५ चौका र १ छक्का प्रहार गर्दा २० बल खेलेका बट्लरले २ चौका र ३ छक्का प्रहार गरे।

न्युजिल्यान्डका बोल्टले २ तथा कोलिन मुनरो र लुकी फर्गुसनले समान एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङको लागि निम्त्याइएको न्युजिल्यान्डले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय २३ रनको सामान्य योगफल तयार पारेको थियो।

न्युजिल्यान्डका सान्टनरले अविजित ६३ र ओपनर मार्टिन गुप्टिलले ५० रन जोडे । ५२ बल खेलेका सान्टनरले ६ चौका र १ छक्का प्रहार गर्दा ८७ बलको सामना गरेका गुप्टिलले ७ चौका प्रहार गरे । त्यस्तै ग्रान्डहोमले ३८ रन जोडे।
इङ्ल्यान्डका मोइन अली, स्टोक्स र क्रिस ओक्सले दुई÷दुई विकेट लिए।
 

प्रकाशित: १७ फाल्गुन २०७४ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App