coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

न्यु डाइमन्डद्वारा आर्मी पराजित

काठमाडौं – शिवम् न्यु डायमन्डले बुधबार त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउँदा पुरुषतर्फ मणिमुकुन्द क्लब, नयाँ बजार सामाजिक क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।

समूह ‘ए’ मा रहेको न्यु डायमन्डले त्रिभुवन आर्मीलाई २५–१५, २५–११, २५–२० को सोझो सेटमा हराएको हो । समूहमा शतप्रतिशत नतिजा निकालेको न्यु डायमन्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । दुई खेल  जितेर ६ अंक जोडेको त्रिभुवन आर्मी क्लब उपविजेताको हैसियतमा सेमिफाइनल प्रवेश ग¥यो । यसअघि प्रतियोगिताबाट बाहिरिसकेको पद्मोदय युथ क्लबले ढोरपाटनलाई १९–२५, २५–१६, २५–९, २५–२० को सेटमा हरायो । बिहीबार हुने  जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एपिएफबीचको खेलबाट समूह ‘बी’को विजेता र उपविजेता टुंगो लगाउनेछ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब र एपिएफले समान ३ अंक जोडेका छन् भने जावलाखेल अंकविहीन छ।

समूह चरणको अन्तिम लिग खेलमा नयाँ बजारले काभ्रे जिल्ला भलिबल संघलाई २५–१७, २७–२५, २६–२४ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । समूह ‘बी’ को उपविजेता बनेको नयाँ बजारले अब सेमिफाइनलका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी समूह ‘डी’ को विजेता टोली हो । समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लबले समूह ‘डी’ को उपविजेता ढोरपाटन सामाजिक क्लबविरुद्ध खेल्नेछ।

पश्चिमाञ्चल भलिबल संघलाई ३–१ को सेटमा हराएको मणिमुकुन्दले समूह ‘ए’ को उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनायो । पश्चिमाञ्चलमाथि १८–२५, २५–२१, २५–१९, २५–१५ को विजय हासिल गरेको मणिमुकुन्दले अब अन्तिम चारका लागि समूह ‘सी’ को विजेता एपिएफविरुद्ध खेल्नेछ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले बुढानिलकण्ठलाई २५–२०, २५–१७, १९–२५, २५–२३ को सेटमा हराउँदै समूह ‘सी’ उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश ग¥यो । जावलाखेलले अब अन्तिम चारका लागि समूह ‘ए’ को विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १७ फाल्गुन २०७४ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App