६ वैशाख २०८१ बिहीबार
खेल

विशाल मिलन र गोल्डेनगेट विजयी

काठमाडौं – विशाल मिलन केन्द्र र गोन्लडेनगेट कलेजले बुधबार प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा विजय हासिल गरेका छन्।
बुधबार भएको खेलमा विशाल मिलन केन्द्रले टिमले बुढालिनकण्ठ नगरपालिकालाई ८८–६९ को स्कोरले पराजित गरेको हो।
 विशाल मिलनले पहिलो क्वार्टर २०–८, दोस्रो क्वार्टर २७–१४ ले जिते पनि तेस्रो क्वार्टर २५–२० र चौथो क्वार्टर २५–२१ ले गुमाएको थियो । विशाल मिलनका विकास गुरुङले सबैभन्दा धेरै २१ अंक जोडे।

पाँचमध्ये तीन खेलमा विजय हासिल गरेको विशाल मिलन ९ अंकका साथ  तेस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा शतप्रतिशत नतिजा निकालेको त्रिभुवन आर्मी क्लब १५ अंकका साथ शीर्ष स्थानमा र ३ खेलमा ९ अंक जोडेको कीर्तिपुर बास्केटबल टिम दोस्रो स्थानमा छन्  । ४ खेलमा ९ अंक जोडेको  हिमालयन हन्ड्स चौथो स्थानमा छ।

बुधबारै भएको अर्काे खेलमा गोल्डेनगेटले साउथ साइडर्सलाई ७६–६३ को स्कोरमा हराएको छ । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वार्टर २४–१७ ले जितेको गोल्डेनगेटले दोस्रो क्वार्टर १४–१३ ले गुमाए पनि तेस्रो क्र्वाटर २२–१६ र चौथो क्वार्टर १७–१६ को स्कोरले जितेको हो। गोल्डेनगेटका विपिन महर्जनले सर्वाधिक २२ अंक जोडे।
 

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App