coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकार– फोरमबीचकाे बैठक बालुवाटारमा बस्दै

काठमाडौँ – सरकार र संघीयसमाजवादी फोरमबीचको बैठक आज विहान ९ बजे बस्ने भएको छ । सरकार विस्तार र संविधान संशोधनका विषयमा समहति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुसँग भएको वार्तामा फोरमका नेताले प्रदेश सीमांकन हेरफेरसम्बन्धी संविधानको धारा संशोधनमार्फत खारेज गर्नुपर्ने अडान राखेपछि बिहीबार बिहान फेरि बस्ने सहमतिमा बैठक टुंगिएको थियो ।

यसअघि पनि सत्तापक्ष र फोरमबीच पटकपटक वार्ता भएका थिए । फागुन ७ गते फोरमका अध्यक्ष यादव वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । फोरमले नागरिकता, भाषा, प्रदेश सीमांकनसहितका विषयमा संशोधन हुनुपर्ने माग राख्दै आएको छ। 

वाम गठबन्धनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ स्थान जितेको छ। प्रतिनिधिसभा एमाले र माओवादीका गरी १ सय ७४ सांसद छन् । सरकारमा फोरम सहभागी भए सत्तापक्षमा १ सय ९० सांसद हुनेछन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ पु¥याउन १ सय ८५ सांसद आवश्यक पर्छ। 
फागुन ३ गते प्रधानमन्त्री पदको शपथ गरेका ओलीले १४ गते मन्त्रिपरिषद् विस्तार गरे पनि यसले पूर्णता प्राप्त गरेको छैन । एमाले र माओवादीले फोरम सरकारमा सहभागी भएपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका छन्। 

प्रकाशित: १७ फाल्गुन २०७४ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App